कियाले १५ दिनपछि सानो इलेक्ट्रीक एसयूभी ल्याउने

काठमाडौं । कोरियन कार निर्माता कियाले गतवर्ष नोभेम्बरमा ‘लस एन्जलस अटो शो २०२३ मा कन्सेप्ट देखाएको ईभी-३ बजारमा ल्याउने भएको छ । कम्पनीको एसयूभी लाइनअपकै सबैभन्दा सानो र सस्तो हुने बताइएको ईभी-३ ‘एङ्गुलर स्टाइलीङ डिजाइन’ बनेको एसयूभी हो ।

कम्पनीले सार्वजनिक गरेको स्पाई तस्बिरहरुको आधारमा नयाँ एसयूभी यसअघि देखाएको कन्सेप्ट डिजाइनसँग धेरै अर्थमा मिल्दो जुल्दो देखिन्छ । अहिलेसम्म बाहिर आएको तस्विर अनुसार यो ईभीमा कन्सेप्ट डिजाइनभन्दा ठूलो साइजको साइड मिरर र डोर ह्याण्डर दिएर आउने अनुमान गर्न सकिन्छ ।

यसको बम्पर तथा अलोय ह्वीलमा समेत केहि सामान्य भिन्नता रहने सम्भावना रहेको छ । अहिलेसम्म कम्पनीले ईभी-३को एक्टेरियरका तस्बिर मात्रै बाहिर ल्याएको छ ।

अनुमान र कन्सेप्टलाई आधार बनाउँदा यसको ड्यासबोर्ड कम्पनीको अन्य ईभी सिरिजको जस्तै टुइन स्कृन तथा फिजीकल कन्ट्रोल बटमहरुको साथ हाउने छ ।

सिंगल तथा डिउल मोटर भेरियन्टमा आउने यो एसयूभीमा ५८ किलोवाट आवरको ब्याट्री रहनेछ । यसलाई रियर ह्वील ड्राइभ मोटर सेटअप ल्याउने पक्का जस्तै छ ।

कियाको ईभी-३ यसका अघिल्ला मोडलहरु ईभी-६ र ईभी-९ जस्तै ‘इ जीएमपी प्लेटफर्म’मा बन्ने छ । तर, यसमा ८०० भोल्ट आर्किटेक्चर हुने छैन । ४०० भोल्ड आर्किटेक्चरमा निर्माण हुनेछ । यसले सुपर फास्ट डिसी चार्जर सपोर्ट गर्दैन ।


Back_to_top