नियो-रेट्रो डिजाइनमा रोयल इनफिल्डको पावरफुल मोटरसाइकल

काठमाडौं । रोयल इनफिल्डले हन्टर ३५० जस्तै देखिने नयाँ मोटरसाइकलको परिक्षणलाई तिब्र बनाएको छ । कम्पनीले नियो-रेट्रो नेकेड रोडस्टर मोटरसाइकलको परिक्षण गरिरहेको हो ।

कम्पनीले नयाँ मोटरसाइकललाई ४५० सीसी इन्जिनमा ल्याउने रिपोर्टहरु बाहिर आएका छन् । नयाँ मोटरसाइकलको नाम ‘गुरिल्ला-४५०’ हुने बताइएको छ ।

नयाँ मोटरसाइकलमा कम्नपीले हालै ल्याएको ४५० हिमालयनमा प्रयोग भएको शेर्पा इन्जिन प्रयोग हुने अनुमान गरिएको छ ।

गुरिल्ला-४५० यो वर्षको अन्त्यसम्ममा भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ । कम्पनीले यो मोटरसाइकल ट्रायम्फ स्पीड ४०० सँग प्रतिस्पर्धा गर्नेगरी ल्याउन लागेको हो ।

ट्रायम्फ जस्तै निओ रेट्रो डिजाइनमा रहने यो मोटरसाइकलको मूल्य २ लाख ५० हजार भारतीय रुपैयाँ हुने अनुमान गर्न सकिन्छ । कम्पनीले यो मोटरसाइकललाई किफायती बनाउन यसमा टेलिस्कोपिक सस्पेन्सन दिने देखिन्छ ।

गुरिल्ला-४५० मा ४५२ सीसी सिंगल सिलिन्डर, लिक्विड कुल्ड, ४ भल्भ इन्जिन रहेको छ । इन्जिनले ८००० आरपीएममा अधिकतम ४०.२ पीएस पावर तथा ५५०० आरपीएममा अधिकतम ४० एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top