नयाँ दिल्ली । हुन्डाई मोटर इण्डिया लिमिटेड (एचएमआईएल) ले सन् २०१८ को पहिलो चार महिना ५९ हजार ७ सय ४४ वटा गाडी बिक्री भएका छन् । जुन संख्या गतवर्षको सोही अवधिको भन्दा ६ प्रतिशतले बढी हो ।
गतवर्ष हुन्डाईका ५६ हजार ३ सय ६८ वटा गाडी बिक्री भएको थियो । त्यस्तैगरी, भारतमा आन्तरिकतर्फको बिक्रीसमेत ४.४ प्रतिशतले बृद्धि भएको छ । सन् २०१८ को पहिलो चार महिनामा ४६ हजार ७ सय ३५ गाडी बिक्री भएको छ । गतवर्ष ४४ हजार ७ सय ५८ वटा गाडी बिक्री भएको थियो ।