हुन्डाई मोबीसले फक्सवागेनलाई ईभी ‘कम्पोनेन्ट सप्लाई’ गर्ने

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाई मोटर ग्रुप अन्तर्गतको ईभी कम्पोनेन्ट उत्पादक ‘हुन्डाई मोबीस’ले फक्सवागेन ग्रुपलाई ईभीमा चाहिने कम्पोनेन्ट सप्लाई गर्ने भएको छ । कोरियन कम्पनीले ब्याट्री सिस्टम एसेम्ली अन्तर्गतका पार्टस्हरु सप्लाई गर्नेछ ।

दुई कम्पनी बीच भएको सम्झौंता अनुसार हुन्डाई मोविसले सप्लाई गर्ने पार्टस्हरुमा ब्याट्री प्याक, ब्याट्री मेनेजमेन्ट सिस्टम लगायतका इलेक्ट्रीक भेहिकलको लागि आवस्यक पर्ने यूनिटहरु हुनेछन् ।

हुन्डाई मोबीसका सिस्टमहरु फक्सवागेनले ल्याउने ‘नेक्स्ट जेनेरेशन इलेक्ट्रीक भेहिकल प्लेटफर्म’मा प्रयोग गरिनेछ । हुन्डाई मोबीसले फक्सवागेनको प्रोडक्सन प्लान्ट नजिकै स्पेनमा नयाँ प्लान्टसमेत बनाउने जनाएको छ ।

फक्सवागेन ग्रुपले आउँदै गरेको एमइबी इन्ट्री लेभल कार उत्पादन गर्ने प्लेटफर्ममा आधारित आईडी–२ मोडलको लागि आवस्यक ब्याट्री, म्यानेजमेन्ट सिस्टम लगायतका समान हुन्डाईसँग लिन लागेको हो ।

हुन्डाई मोबीसले ब्याट्री सिस्टम एसेम्ली (बीएसए) उत्पादनका लागि अमेरिका लगायत विश्वका धेरै देशहरुमा प्लान्ट लगाएको छ । कम्पनीले बीएसए उत्पादनको लागि अमेरिका, स्पेन, चेक रिपव्लिक, चीन, दक्षिण कोरिया र इन्डोनेशियामा प्लान्ट विस्तार गरिरहेको छ ।


Back_to_top