थप १३ ठाउँमा चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण

सांकेतिक तस्विर

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले थप १३ वटा चार्जिङ स्टेशन बनाउने भएको छ । हाल देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेशन बनाइरहेको प्राधिकरणले थप १३ ठाउँमा निर्माण गर्न लागेको हो ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् खपत बढाउन र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

उनले हाल देशका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गरिएकोमा अब थप १३ ठाउँमा निर्माण अघि बढाउन लागिएको बताए । यस्तै, निजी क्षेत्रले विभिन्न १०० ठाउँमा चार्जिङ स्टेसन निर्माण अघि बढाएको उनले जानकारी दिए ।

‘विद्युत् खपत बढाउन विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गर्न देशका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन स्थापना गरिएको छ भने थप १३ वटाको निर्माण प्रक्रिया अगाडि बढाइएको छ,’ घिसिङले भने, ‘त्यस्तै निजी क्षेत्रलाई प्रबर्द्धन गर्ने प्राधिकरणको नीति अनुरुप देशको विभिन्न ठाउँमा १०० वटाभन्दा बढी चार्जिङ स्टेशन जडान कार्य भैरहेको छ ।’


Back_to_top