हुन्डाईले ५ दिनपछि ल्याउने एसयूभीका ५ तस्विर

काठमाडौं । हुन्डाईले भारतमा उत्पादन गरेको पहिलो ६ र ७ सिट क्षमताको एसयूभी अल्काजार ५ दिनपछि भारतमा विक्री सुरु हुँदैछ । अल्काजारलाई हुन्डाईले आफ्नो चर्चित एसयूभी क्रेटाको प्ल्याटफर्ममा तयार गरेको हो ।

क्रेटाको तुलनामा लामो र फराकिलो साइज, लामो ह्वीलवेस, प्रिमियम फिचर दिएकाले अल्काजार अहिले निकै चर्चामा रहेको छ । तीन वटा सिटिङ रो दिइएको अल्काजारमा प्रिमियम सिट पाउन सकिन्छ ।

१०.२५ इन्चको मल्टी डिस्प्ले डिजिटल क्लष्टर, १०.२५ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, भ्वाइस कमाण्डबाट चल्ने पानारोमिक शनरुफ, बोसको ८ वटा प्रिमियम स्पीकर जस्ता फिचर अल्काजारमा पाउन सकिन्छ ।

हुन्डाईले जहिले पनि गाडीको डिजाइन र फिनिसिङमा विशेष ध्यान दिएर बनाउने गरेको देखिन्छ । त्यसलाई अल्काजारमा पनि निरन्तरता दिएको छ । अल्काजारमा तीन किसिमको ड्राइभिङ मोड जसमा कम्फर्ट, इको र स्पोर्ट दिइएको छ भने ट्रायक्सन कन्ट्रोल पनि तीन किसिमकै पाउन सकिन्छ । जसमा स्नो, स्याण्ड र मड अप्सन दिइएको छ ।

हुन्डाईको व्ल्यू लिंक कनेक्टेड कार टेक्नोलोजी, ६४ कलरको एम्बीयन्ट लाइट, हुन्डाईको लोगोसहितको प्याडल ल्याम्प, ८ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट जस्ता फिचर पाउन सकिने छ ।

अल्काजारमा २.० लिटर एमपीआई पेट्रोल र १.५ लिटर सिआरडीआई डिजेल इन्जिन उपलब्ध रहने छ । यसमा रहेको पेट्रोल इन्जिनले अधिकतम ६५०० आरपीएममा १५९ पीएस पावर र ४५०० आरपीएममा १९१ एनएम टर्क प्रदान गर्नेछ । त्यसैगरि डिजेल इन्जिनले अधिकतम ४००० आरपीएममा ११५ पीएस पावर र १५०० देखि २७५० आरपीएममा २५० एनएम टर्क प्रदान गर्छ । यो डिजेल इन्जिन हुन्डाई क्रेटामा प्रयोग भइरहेको छ । दुई इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटिक गियरबक्स उपलब्ध रहेको छ ।


Back_to_top