यस्तो छ पल्सरको मोडल अनुसारको मूल्य, कस्तो आउला नयाँ अफर

काठमाडौं । बैशाख १६ गतेदेखि देशभरका मोटरसाइकल शोरुम बन्द अवस्थामा रहेका छन् । कोभिड १९ को बढ्दो संक्रमणसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्दा जनजीवन नै ठप्प छ ।

अब विस्तारै निषेधाज्ञा खुकुलो पार्दै जनजीवन सामान्यतर्फ ल्याउन छलफल भइरहेको स्थानीय प्रशासनले जनाएको छ । यद्यपी कुन मोडलमा बजार खुल्ला गर्दै जाने भन्ने विषयको टुङ्गो लागि सकेको छैन ।

यस्तोमा निषेधाज्ञा खुलेपछि बजाज पल्सरको विभिन्न मोडल किन्ने सोच वनाएर बसेका मानिसलाई त्यसको मूल्य लगायतको विषयमा चासो हुनु स्वाभाविक हो । यस्तोमा हामीले नेपालमा अहिले बजाजले कायम राखेको पल्सर मोडलहरुको मूल्यको विषयमा जानकारी दिन गइरहेका छौं ।
पल्सरको विभिन्न मोडल नेपाली बजारमा उपलब्ध रहेका छन् । पल्सर १२५, पल्सर १५०, पल्सर १५० टिडी, पल्सर एनएस १६०, पल्सर एनएस २०० र पल्सर २२० एफ नेपाली बजारमा विक्री हुँदै आएका पल्सरका मोडल हुन् ।

माथि उल्लेख गरिएका पल्सर सिरिजमा सबैभन्दा कम मूल्यको पल्सर १२५ हो भने सबैभन्दा महंगो मोडल पल्सर एनएस २०० हो । पल्सर १२५, पल्सर १५० र पल्सर १५० टिडी समान डिजाइनमा उत्पादन भएका मोटरसाइकल हुन् ।

बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १२५ को मूल्य २ लाख ३८ हजार ९०० रुपैयाँ रहेको छ । १२५ सीसी क्षमताको यो मोटरसाइकल राम्रो संख्यामा विक्री हुँदै आएको मोडल हो ।

पल्सर १५० नेपालमा सर्वाधिक विक्री हुने मोडल हो । सिंगल डिस्क भेरियन्ट र डबल डिस्क भेरियन्टमा यसको विक्री हुँदै आएको छ । सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ६६ हजार ९०० र डबल डिस्क भेरियन्टको मूल्य २ लाख ८३ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री हुँदै आएको छ ।

पल्सर एनएस १६० को मूल्य ३ लाख ६ हजार ९०० रुपैयाँ रहेको छ । एबीएस ब्रेकिङ सिस्टम उपलब्ध यो मोटरसाइकलमा १६० सीसी क्षमताको इन्जिन दिइएको छ ।

बजाज पल्सर सिरिजको सबैभन्दा महंगो र पावरफुल मोटरसाइकल एनएस २०० विभिन्न दुई भेरियन्टमा विक्री हुँदै आएको छ । यसको एबीएस र आफआई इन्जिन भएको भेरियन्ट किन्ने ग्राहकले ३ लाख ७८ हजार ९०० रुपैयाँ खर्च गर्नु पर्ने हुन्छ भने कार्बुरेटर इन्जिन र एबीएस फिचर भएको भेरियन्ट ३ लाख ५२ हजार ९०० रुपैयाँमा किन्न सकिने छ ।

पल्सर सिरिजको सर्वाधिक ठूलो इन्जिन र सबै किसिमको बाटो सुहाउँदो पल्सर २२० एफको मूल्य ३ लाख ५० हजार रुपैयाँ रहेको छ । नेपालमा निकै सफल यस मोडल अहिले पनि धेरै विक्री हुने ठूलो मोटरसाइकल हो ।

आउला अफर

बजाज हरेक समयमा ग्राहकलाई कुनै न कुनै अफर ल्याएर खुसी बनाउन सफल कम्पनी हो । हरेक चार्ड पर्व होस् वा विपत्तीको समय बजाजले ग्राहक लक्षीत अफरहरु ल्याइरहेको हुन्छ ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल किन्ने ग्राहकलाई बिना व्याजमा १७ महिना भित्र किस्ता तिर्ने अफर दिइरहेको छ । साथै, यो अफ्ठ्यारो समयमा कम्पनी कुनै न कुनै अफर ल्याउने अनुमान गर्न सकिन्छ ।


Back_to_top