सपिङ अनलाइनबाटै हुन्डाईका कार बिक्री सुरु हुने

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले अमेरिकी बजारमा अनलाइन मार्फत कार बिक्री सुरु गर्न लागेको छ । कम्पनीले अमेजोन अनलाइन प्लेटफर्म मार्फत सन् २०२४ को सुरुवातबाट कारको खुद्रा बिक्री सुरु गर्न लागेको हो ।

अमेजोनले अमेरिकी कारका ग्राहकलाई लक्षित गर्दै चाँडै डेडिकेटेड भेहिकल प्लटफर्म संचालन गर्दैछ । योसँगै हुन्डाईका कारमा अमेजोन एलेक्सा एआई एसिस्टेन्स फिचर राखिने छ । यसबाट अमेरिकी ग्राहकसम्म हुन्डाईले पुग्ने योजना तयार पारेको हो ।

यस विषयमा अमेजोनले भनेको छ, ‘अहिले हुन्डाईसँग सहकार्य हुँदैछ । चाँडै अन्य ब्राण्डहरु पनि यहाँ जोडिन चाहन्छन् । तर, उनिहरुको विषयमा अहिल्यै निर्णय भइसकेको छैन । साथै, अमेरिका बाहिर यसको बिस्तार सम्बन्धमा पनि तत्काल कुनै योजना बनेको छैन ।’

अमेरिकी बजारमा अनलाइन सपिङको लागि हुन्डाईका कार उपलब्ध हुने भएपनि त्यहाँ बाहेक अन्य देशको विषयमा कुनै जानकारी कम्पनीले दिएको छैन ।


Back_to_top