यी ६ काम गर्दा एयरब्यागले सुरक्षा होइन, खतरा बढाउँछ

काठमाडौं । आजकल सबै साना ठूला कारहरूमा एयरब्यागसहितको सुरक्षा व्यवस्था हुने गरेको छ । कार कम्पनीहरूले इन्ट्रीलेबलको कारहरूमा पनि एयरब्यागको सुविधा राख्न थालेका छन् ।

भारतमा उत्पादन हुने कारहरूमा सन् २०१९ को मार्चपछि सबै कारहरूमा अनिवार्य एयरब्याग लगाउनुपर्ने व्यवस्था गरिएको छ । मानिसहरू आफ्नो परिवारका सदस्यहरूको सुरक्षाका लागि सकेसम्म सबैजनालाई एयरब्याग सुविधा हुने कार खरिद गर्छन् । तर, यसैको कारण कारको मूल्य बढ्ने हुँदा इकोनोमी कार चाहिनेहरूले एयरब्यागरहित कार छनोट गर्ने गरेका छन् ।

यदि तपाईं पनि एयरब्यागको सुविधा राखिएको कार चलाइरहनुभएको छ भने, यी कुराहरूमा ध्यान पुर्याउनुहोस् ।

गाडीको अगाडि बुलबार नराख्नुहोस्


एयरब्याग भएको गाडीमा ठोकिएको कुरा सिस्टमले पत्ता लगाउने गर्छ । त्यसको लागि गाडीको अगाडिको बम्परमा सेन्सर जडान गरिएको हुन्छ ।

यदि तपाईंको गाडीमा बुलबार लगाएको छ भने, गाडी दुर्घटना हुँदा पहिलो इम्प्याक सो बारमा पर्न गई एयरब्याग नखुल्न पनि सक्छ । जसले एयरब्याग भएर पनि तपाईं र परिवारको लाइफ जोखिममा पर्न सक्छ ।

ड्यासबोर्डमा खुट्टा नराख्नुहोस् 


एयरब्याग भएको गाडीको ड्यासबोर्डमा कहिले पनि खुट्टा राख्नु हुँदैन । एयरब्याग एकदमै सेन्सेटीभ हुने भएकोले कहिलेकाहिँ सामान्य ठक्करले पनि एयरब्याग खुल्नसक्छ ।

अझ गाडी गुडिरहेको अवस्थामा तपाईंको खुट्टा ड्यासबोर्डमा छ र सोही समयमा दुर्घटना भयो भने एयरब्याग खुलेमा ज्यानको सुरक्षा हुनुको साटो उल्टो खुट्टा भाँचिने सम्भावना धेरै हुन्छ ।

स्टेरिङको एकदमै नजिक बसी गाडी नचलाउनुहोस्


सामान्यतया गाडीको दुबै फ्रन्ट साइडमा एयरब्याग हुने गर्छ । अझ एक साईडमा मात्र एयरब्याग छ भने पनि ड्राइभिङ साइडमा एयरब्याग हुन्छ ।

ड्राइभिङ साइडमा स्टेरिङ ह्वीलमा एयरब्याग रहेको हुन्छ । यदि तपाईंको बानी स्टेरिङ ह्वीलमा टाँसिएर गाडी चलाउनेछ भने, दुर्घटनाको समयमा एयरब्याग खुल्दा चोट पुर्याउन सक्छ । त्यसैले स्टेरिङभन्दा अलि टाढै बसेर गाडी चलाएको राम्रो हुन्छ ।

सिटबेल्ट लगाउन नभुल्नुहोस्


याद राख्नुहोस्, तपाईंको गाडीमा राखिएको सिटबेल्टको सुविधा ट्राफिक प्रहरीका लागि नभई तपाईंकै सुरक्षाका लागि कम्पनीले राखेको हो । अझ दुर्घटनाको बेलामा त सिटबेल्टले ज्यानै जोगाउन सक्छ । सामान्यतया गाडीहरूको एयरब्यागको टेष्ट सिटबेल्टसहित गरिएको हुन्छ ।

यदि तपाईंले सिटबेल्ट नलगाई गाडी चलाउनुभएको छ र दुर्घटना भएमा एयरब्याग खुल्दैन र तपाईंलाई गम्भीर चोट लाग्न सक्छ ।

सिटकभर नहाल्नुहोस्


आजकलका मोर्डन कारहरूमा एयरब्याग अघि बस्ने व्यक्ति र चालकका लागि मात्र नभई पछाडि बस्ने पेसेञ्जरहरूका लागि पनि एयरब्याग राखिएको हुन्छ । यस्ता एयरब्यागहरू गाडीको साईडमा मात्र नभई सिटभित्र पनि हुन्छ ।

यस्ता सीटको डिजाईन आवश्यक पर्दा सजिलै एयरब्याग खुल्ने गरी बनाएको हुन्छ, तर सीटकभर हालेको छ भने यस्तो एयरब्याग खुल्दैन र पछाडि बस्ने पेसेनजरलाई खतरा हुनसक्छ । त्यसकारण यस्ता मोर्डन गाडीहरूमा कम्पनीले हालेको सीटकभर माथि अरु कभर हाल्नु हँुदैन ।

ड्यासबोर्डमा एक्सेसरिज नराख्नुहोस्


धेरै व्यक्तिहरूले आफ्नो सवारीसाधनमा  मोबाइल होल्डर,भगवानकाे मूर्ति, फोटो फ्रेम, घडी वा अरु सजावटका सामानहरू राखेको हुन्छ । यो हेर्दा राम्रो देखिए पनि दुर्घटनाको समयमा यसले ठूलो चोट पुर्याउन सक्छ । किनकी एयरब्याग ड्यासबोर्ड फुटाएर गाडी सवारको तर्फ धेरै स्पीडमा खुल्ने गर्छ । यस्तो अवस्थामा ती वस्तुहरू उछिट्टिएर लाग्नसक्छ ।


Back_to_top