काठमाडौं । छिमेकी मुलुक भारतले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि थप २३२ वटा सवारी साधन उपलब्ध गराएको छ ।
बिहीबार गृह मन्त्रालयमा आयोजित कार्यक्रमका बीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले २३२ गाडी नेपाललाई हस्तान्तरण गरेका हुन् ।
साथै सोही अवसरमा नेपाली सेनाका लागि ५० वटा सवारीसाधन पनि हस्तान्तरण गरिएको छ।
भारत सरकारले नेपाललाई अनुदानमा कुल ५३८ युनिट गाडी उपलब्ध गराएको हो । यसअघि पहिलो चरणमा ६१ वटा गाडी उपलब्ध गराएको थियो ।
ती सबै गाडी वीरगंज नाका हुँदै काठमाडौं ल्याइएको हो । नेपाल सरकारले ती सवारीमा लाग्ने भन्सार महसुल छुट दिएको छ ।
भारतले उपलब्ध गराएका गाडी नेपाल प्रहरी, नेपाली सेना, निर्वाचन आयोग लगायत सरकारी निकायले प्रयोग गर्नेछन् ।

