काठमाडौंमा इन्डिया-नेपाल ‘आफ्टर मार्केट अटो पार्टस् शो’

काठमाडौं । भारतीय पार्टस् उत्पादकहरुले नेपालको सोल्टी होटलमा ‘आफ्टर मार्केट अटो पार्टस् शो’ आयोजना गरेका छन् । आज नोभेम्बर २२ तारिखमा आयोजना भएको उक्त ‘आफ्टर मार्केट अटो पार्टस् शो’ आजै सम्पन्न हुनेछ ।

भारतीय अटोमोवाइल कम्पोनेन्ट म्यानुफ्याक्चरर् एशोसिएशनले आयोजना गरेको उक्त शोमा विभिन्न २० कम्पनीले उत्पादन गरेका पार्टस्हरु शोकेस गरेका छन् ।

‘नेपालमा पार्टस् सप्लाईलाई सहज बनाउन शो आयोजना गरेको भारतीय अटोमोवाइल कम्पोनेन्ट म्यानुफ्याक्चरर् एशोसिएशनले जनाएको छ ।
‘नेपालमा अहिले पनि भारतबाटै पार्टस् आयात भइरहेको छ । केही कम्पनी नेपालमा नयाँ डिलर दिन आएका छन् भने, केही कम्पनीको अहिले नै यहाँ डिलर नियुक्त भएका छन् । शो आयोजना गर्नुको मुख्य उद्देश्य व्यापार वृद्धि गर्नु नै हो’, भारतीय अटोमोवाइल कम्पोनेन्ट म्यानुफ्याक्चरर् एशोसिएशनका एसिस्टेन्ट डाइरेक्टर सपना भिजले भनिन् ।

शोमा मोटरसाइकल तथा अन्य सवारी साधनमा प्रयोग हुने विभिन्न पार्टस्को प्रदर्शनी गरिएको छ भने नेपालमा पार्टस् व्यवसाय गर्दै आएका व्यवसायी मुख्य अबलोकनकर्ता रहेका छन् ।

 


Back_to_top