जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत

सल्लेरी । जीप दुर्घटनामा मृत्यु भएका सातै जनाको सनाखत भएको छ । 

आज बिहान ८ बजे जिल्लाको नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको जीप दुघर्टना हुँदा तीन पुरुष र चार महिलाको मृत्यु भएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रद्युम्नकुमार अधिकारीले जानकारी दिए । 

उनका अनुसार मृत्यु हुनेमा जीप चालक उदयपुर सिरिसे-८ निवासी ३१ वर्षीय कुसाङ तामाङ, सिरहा सनैखा निवासी ३६ वर्षीय शिवकुमार यादव र ओखलढुंगाको माम्खा-५ बस्ने ४० वर्षीय श्यामकुमार राईको सनाखत भएको हो । 

यस्तै खोटाङ खाल्ले-८ निवासी २४ वर्षीया कोपिला बस्नेत ९कार्की०, सोलुखुम्बुको नेचासल्यान-२ बस्ने अन्दाजी ३५ वर्षकी उर्मिला बास्तोला, सोही ठेगाना भएकी अन्दाजी २५ वर्षकी सुशीला खड्का र करीब-८ वर्षीया सुष्मा खड्काको पनि मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । 

बिहान नेचासल्यानबाट सल्लेरीतर्फ आउँदै गरेको ना १ ज १८६० नं को जीप साविक तिङ्ला-१ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकैको चिप्ले भिरमा खसेको थियो । 

जीप करिब एक किलोमिटर तल खसेको अनुमान गरिएकोे छ । जीपमा सवार सात जनामध्ये ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले बताए । 


Back_to_top