नयाँ सेग्मेन्टमा कियाको एसयूभी, एकसाथ इलेक्ट्रीक र पेट्रोलमा आउने

काठमाडौं । कोरियन कार निर्माता कियाले भारतमा नयाँ एसयूभी ल्याउने भएको छ । कम्पनीले भारतीय बजारलाई नै ध्यानमा राखेर ल्याउन लागेको नयाँ एसयूभी इलेक्ट्रीक र पेट्रोल दुबै अप्सनमा उपलब्ध हुनेछ ।

कियाले भारतमा उत्पादन गर्ने क्लाभिस एसयूभी सोनेटभन्दा मंहगो र सेल्टोसभन्दा सस्तो हुनेछ । तुलनात्मक रुपमा बक्सी डिजाइनमा आउने अपेक्षा गरिएको क्लाभिस लाइफ स्टाइल एसयूभी सेग्मेन्टमा आउने छ ।

यसको साइज भने सोनेटकै बराबरी हुनेछ । यसमा कम्पनीले आधुनिक फिचरको लामो लिष्ट समावेस गर्ने अनुमान गरिएको छ । मिडिया रोपोर्टहरुका अनुसार यसमा ठूलो टच स्कृन, भ्यान्टिलेटेड सिट, ३६० डिग्री क्यामेरा, सनरुफ लगायतका फिचर समाबेस हुनेछन् ।

अहिले बिभिन्न स्थानमा परिक्षण भइरहेको क्लाभिस फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुनेछ । सन् २०२४ को अन्तिममा ग्लोबल डेब्यू गर्ने तयारी भइरहेको नयाँ एसयूभीले कस्तो ब्यापार गर्ला त्यो हेर्न भने अझै लामो समय कुर्नु पर्ने हुन्छ ।

कियाले भारतीय बजारमा उत्पादन गरेका सबै मोडल नेपाली बजारमा उपलब्ध भइरहेका छन् । त्यसलाई आधार मान्दा नयाँ क्लाभिस एसयूभी पनि नेपाल आउने छ ।


Back_to_top