काठमाडौं । निसानको अधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले आफ्नो सफल मोडल म्याग्नाइटमा ३ लाख १६ हजारसम्मको छुट प्रदान गर्ने घोषणा गरेको छ । कम्पनीले नयाँ ‘स्मार्ट एडिशन’ सार्वजनिक सँगै स्कीम पनि दिएको हो ।
सन् २०२१ को सुरुवातमै नेपाल आएको म्याग्नाइट निकै राम्रो सफलता पाउन सफल मोडल हो । कम्पनीले नयाँ एडिशन सार्वजनिक गर्दै आगामी ३१ मार्च २०२४ सम्ममा विशेष स्कीम दिएको हो ।
निसान म्याग्नाइट स्मार्ट एडिशनमा ८ इन्चको टच स्क्रृन नेभिगेसन डिस्प्ले दिइएको छ । साथै, यसमा फगल्याम्प थप भएर आएको छ । स्मार्ट एलइडी डे टाइम रनिङ लाइटले कारको डिजाइनमा सुन्दरता थपेको छ ।
अलोय ह्वील, मस्कुलर कट र डायनामिक स्टाइल डिजाइनले गर्दा बजेट एसयूभीको रुपमा यसलाई प्रयोगकर्ताले मन पराएका हुन् । नयाँ एडिशनमा वायरलेस चार्जर भएकोले ड्राइभिङको आनन्द लिँदै सजिलै मोबाइल चार्जमा राख्न सकिन्छ ।
‘नयाँ म्याग्नाइट स्मार्ट एडिशन, स्मार्ट, सरल र आधुनिक अनुभव खोज्ने नेपाली उपभोक्ताका लागि उपयुक्त छ । यसको प्रयोगबाट उपभोक्ता निरास बन्नु पर्नेछैन’, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाले भने ।
निसान म्याग्नाइट स्मार्ट एडिशन, देशभर रहेका निसान डिलरहरुमा उपलब्ध छ ।


