किया ‘स्पोर्टेज’ इलेक्ट्रीक भर्सनमा पनि

काठमाडौं । कियाको चर्चित एसयूभी स्पोर्टेजको नयाँ जेनेरेशन मोडल सार्वजनिक भएको छ । कम्पनीले पहिलो पटक स्पोर्टेजलाई इलेक्ट्रीक भर्सनमा पनि ल्याएको हो ।

किया स्पोर्टेज रेगुलर इन्जिनको साथमा ‘प्लग इन हाइब्रिड’ भर्सनमा उपलब्ध हुने छ । एउटा मात्रै भेरियन्टमा उपलब्ध हुने प्लगइन हाइब्रिड स्पोर्टेज भने ‘एक्स लाइन’ भेरियन्टमा उपलब्ध हुनेछ ।

कियाले स्पोर्टेज हाइब्रिडमा १३.८ किलोवाट आवरको लिथियम आयोन पोलीमर व्याट्री दिएको छ । उक्त ब्याट्रीले एक पटकको फुल चार्जमा ५१ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

यसलाई लेभल २ चार्जरको सहायता १२० मिनेटमा फुल रिचार्ज गर्न सकिन्छ । यसको विद्युतीय मोडमा ६६.९ किलोवाट क्षमताको मोटर र सिक्स स्पीड टर्क भन्भर्टर अटोमेटिक गियरबक्स दिइएको छ ।

हाइब्रिडको साथमा कियाले स्पोर्टेजमा १.६ लिटर, फोर सिलिण्डर, टर्बोचार्ज्ड पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १७७ हर्सपावर उत्पादन गर्दछ ।

नयाँ जेनेरेशन किया स्पोर्टेजमा १९ इन्चको ब्ल्याक फिनिसिङ सहितको अलोय ह्वील स्ट्याण्डर्ड रुपमा आउने छ । एसयूभीको ओआरभीएम, झ्याल वरिपरी तथा रुफर्याकमा ग्लसी ब्ल्याक फिनिसिङ दिइएको छ । यसको विक्री भने सन् २०२२ को अन्तिम क्वाटरबाट सुरु हुने कियाले जनाएको छ ।


Back_to_top