काठमाडौं । केटीएम २५० ड्यूकको थर्ड जेनेरेशन सार्वजनिक भएको छ । कम्पनीले विभिन्न अपडेट सहित ल्याएको थर्ड जेनेरेशन २५० ड्यूक ७ लाख ३९ हजार तोकेर सार्वजनिक भएको हो ।
नक्साल बाइर्कस क्याफेमा आयोजित एक कार्यक्रम एकै पटक ४० जना ग्रहलाई डेलिभरी सेमत गरेको हो ।
अन्य सोरुमबाट १० यूनिट समेत गरि ५० यूनिट मोटरसाइकल डेलिभरी गरेको हो ।
केटीएम मोटरसाइकल बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले परिर्माजन सहित ल्याएको केटीएम २५० ड्यूकमा नयाँ च्यासिस, तथा इन्जिन रहेको छ । साथै, यसमा फिचरहरु समेत थप गरिएको छ ।
केटीएम २५० मा २४९.७ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । पुरानो मोडलमा डिओएचसी इन्जिन रहेको थियो भने, नयाँ मोडलमा कम्पनीले एसओएचसी इन्जिन सेटअप दिएको छ ।

नयाँ इन्जिनले पुरानो इन्जिनको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क ज्यादा जेनेरेट गर्छ । एसओएचसी सेटअपमा ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्दछ ।
त्यस्तै नयाँ मोडलमा पुरानोको तुलना १।५ लिटर ज्यादा क्षमताको इन्जिन दिइएको छ । तर, नयाँ मोडलमा पुरानोको तुलनामा ग्राउन्ड क्लिरेयन्स भने केही कम गरिएको छ । पुरानो मोडलमा १८५ एमएम रहेको ग्राउन्ड क्लियरेन्स घटेर १७६ एमएम बनाएको हो ।
यो मोटरसाइकलमा ड्यूल च्यानल एबीएस, अल एलइडी लाइट, डिजिटल डिस्प्ले, डब्लूपी अपसाइड डाउन तथा नयाँ मोनोशक, स्लिपर क्लच तथा क्विक सिफ्टर प्लस, जस्ता अत्याधुकिन फिचर पाउन सकिन्छ । यसका अलावा थर्ड जेनेरेशन मोडलमा कनेक्टिभिटी, कम सिट हाइट, कम तौल, बनाना स्वीङ आर्म लगायतका फिचर छन् ।
२५० ड्यूकको मूल्य पुरानो मोडलको तुलनामा ५ हजार रुपैयाँले मूल्य वृद्धि भएको हो ।

