केटीएम आरसी १६० को सडक परीक्षण सुरू, कहिले आउँछ बजारमा ?

काठमाडौं । बजाजले केटीएम मोटरसाइकल ब्राण्ड खरिद गरेसँगै नयाँ मोटरसाइकलको परीक्षण सुरू गरेको छ ।

कम्पनीले सन् २०२६ को पहिलो त्रैमासमै बजारमा ल्याउने तयारी गरिरहेको केटीएम आरसी १६० मोटरसाइकलको सडक परीक्षण सुरू गरेको हो ।

केटीएम आरसी १६० ड्यूक १६० मा आधारित मोटरसाइकल हो । केटीएमले १६० ड्यूक २०२५ सेप्टेम्बरमा सार्वजनिक गरेको थियो ।

कम्पनीको सुपरस्पोर्ट सिरिज आरसीमा आर १२५ र आरसी २०० को ग्यापमा आरसी १६० ल्याउने भएको हो । परीक्षणको क्रममा देखिएको आरसी १६० केटीएमकै ब्ल्याक एण्ड अरेन्ज कलर कम्बिनेसनमा देखिएको छ । यसमा ब्ल्याक कलर यूएसडी फर्क देखिएको छ भने, ट्रेलिस फ्रेमका साथै बिगर आरसीमा जस्तै बोल्ट अव रियर सबफ्रेममा देखिएको छ ।

आरसी १६० मा क्लिपअन ह्याण्डलबार, फियर्ड माउन्ट रियरभ्यू मिरर, मोनोसक सस्पेन्सन, १७ इन्च अलोय ह्वील, लार्ज डिस्क ब्रेक, डुअल च्यानल एबीएस, स्प्लीट सिट ग्रयाबरेल जस्ता नोटेबल एलिमेन्ट्स प्रयोग भएको देख्न सकिन्छ ।

आरसी १६० मा ५ इन्च एलसीडी डिस्प्ले, ब्लुटूथ कनेक्टिभिटी, टर्न वाइ टर्न नेभिगेशन जस्ता फिचर हुने अनुमान गर्न सकिन्छ ।

यसमा १६४ सीसी सिंगल सिलिण्डर लिक्विड कुल्ड इन्जिन उपलब्ध हुनेछ, जसले १९ पीएस पावर र १५.५ एनएम टर्क जनेरेट गर्छ । यसमा स्लिपर क्लच र ६ स्पीड गियर हुनेछ ।

परीक्षणको क्रममा देखिएको आरसी १६० प्रडक्सन रेडी मोडल देखिएको छ भने यो २०२६ को पहिलो त्रैमासमै सार्वजनिक हुने अनुमान छ ।

कम्पनीले ल्याउन लागेको नयाँ मोटरसाइकल आरसी १६० ले यामाहा आर १५ सँग सिधा प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top