काठमाडौं । केरुङ नाकाबाट मात्रै जेठ १ गतेदेखि १४ गतेसम्म १ हजार ४३८ यूनिट इलेक्ट्रीक कार नेपाल आएका छन् । बजेट आउने महिना भएको र कर बढ्ने चर्चा विगत लामो समयदेखि चलिरहेको कारण बिक्रेताहरुले ईभी आयात गरेका हुन् ।
बैशाख महिनामै १ हजार ४०४ यूनिट इलेक्ट्रीक कार आयात गरेका कम्पनीहरुले जेठको १४ दिनमा पनि १ हजार ४३८ यूनिट विद्युतीय कार आयात गरेका हुन् । यस अवधिमा केरुङ नाकाबाट सबैभन्दा धेरै कार बीवाइडले नेपाल ल्याएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
केरुङ भन्सारको तथ्यांक अनुसार विगत १४ दिनमा सबैभन्दा धेरै आयात भएको बीवाइडी एटो-३ (५० किलोवाट आवर ब्याट्री) भएको छ । साइमेक्स इंकले १ हजार २१८ यूनिट एटो-३ नेपाल आएको हो ।
दोस्रो धेरै आयात जीएसी आयोन वाइको भएको छ । सिजी मोटर्सले १२३ यूनिट एवोन वाइ ल्याएको छ । सिजीकै अर्को ब्राण्ड नेटा पनि ७० यूनिट आयात भएको भन्सार तथ्यांकले देखाएको छ ।
जेठ लागेपछि स्काइवेल २० यूनिट, ओरा-०३ मोडल ५ यूनिट, केईको १ यूनिट, डायून १ यूनिट आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।


