मापसे गर्नेलाई कडा कारवाही, ४ दिन सडकमै काम गर्नु पर्ने

काठमाडौं । मापसे गरेर सवारीसाधन चलाउनेलाई कडा कारवाही गरिने भएको छ । गृहमन्त्री रवि लामिछानेले मापसे गर्नेहरुलाई थप कडाई गर्नभन्दै ४ दिनसम्म सडकमै खटेर स्वयंमसेवकको काम गर्नु पर्ने कानुनी ब्यवस्था गरिएकाे हो ।

यसरी मापसे गर्नेहरुको कामको सट्टामा महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको लामिछानेले बताएका हुन् । महिला ट्राफिकले गर्ने काम मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा आएर गर्नु पर्नेछ ।

गृहमन्त्री लामिछानेले यो जानकारी सामाजिक सन्जालमार्फत् दिएका हुन् ।

गणतन्त्र दिवसको अवसरमा सानो प्रयास गरिएको भन्दै लामिछानेले लेखेका छन्, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा डिउटी गर्नु पर्दैन, मापसे लगायत ट्राफिक नियमको उलंघन गर्नेहरुले स्वयम् सेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’


Back_to_top