काठमाडौं । चिनियाँ गाडी आयात हुने अर्को नाका तातोपानीबाट जेठको १४ दिनमा ७२३ यूनिट कार आयात भएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयले ब्राण्ड अनुसारको आयात नखुलाएपनि समग्र चार पाङ्ग्रे सवारीसाधनको आयात भने देखाएको हो ।
अहिले तातोपानी नाकाबाट एमजी, ओमोडा, दिपाल जस्ता ब्राण्डले कार ल्याइरहेका छन् । यी ब्राण्डले ल्याएका कारहरु अहिले बजारमा चल्तीका मोडल मानिन्छन् ।
तातोपानी नाकाबाट चालु आर्थिक वर्षको जेठ १४ गतेसम्मा २ हजार २३३ यूनिट विद्युतीय कारको आयात भएको देखिन्छ । त्यसमध्ये जेठ महिनामा मात्रै ७२३ यूनिट कार आयात भएको हो ।
तातोपानी भन्सार भएर बैशाख महिनामा ३५५ यूनिट इलेक्ट्रीक कार आयात भएको कार्यालयको तथ्यांकमा देखिन्छ ।


