काठमाडौं । भदौ ३ गतेदेखि सुरू हुने नाडा अटो शो २०२५ मा हिरो एक्सपल्स २१० सार्वजनिक हुने भएको छ । सीजी मोटर्सले एक टिजर सार्वजनिक गर्दै एक्सपल्स २१० आउने संकेत गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको टिजरमा बिग एड्भेन्चर इज कमिङ लेखिएको छ । हिरो मोटोकर्पले गत भारत मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको एक्सपल्स २१० नाडा अटो शोमा सार्वजनिक हुने भएको हो ।
भारत मोबिलिटी एक्स्पो २०२५ मा १ लाख ७६ हजार भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर सार्वजनिक गरिएको एक्सपल्स २१० ले राम्रै चर्चा पाइरहेको छ । यो मोटरसाइकल नेपालमा सार्वजनिक हुँदा ६ लाख मूल्य हाराहारीमा आउने छ ।
एक्सपल्स २१० मा २१० सीसी सिंगल सिलिण्डर, डीओएचसी, फोर भल्ब, एलसी, लिक्विड कुल्ड इन्जिन दिइएको छ । यसले अधिकतम २४.६ बीएच पावर तथा २०.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।

एक्सपल्स २१० मा नयाँ डिजाइनको फ्युल ट्यांकको दिइएको छ । यसमा ट्यांक एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एड्जस्टेबल यूएसडी फर्क पाउन सकिन्छ भने रियरमा २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन उपलब्ध छ ।
यो मोटरसाइकलमा इन्ड्यूरो स्टाइल टेल सेङसन, स्वीचएबल डबल च्यानल एबीएस, ट्याकोमिटर, ओडोमिटर , गियर पोजिसन इन्डिकेटर र टर्न बाइ टर्न नेभिगेसन देखिने ४।२ इन्चको टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।
साथै, स्मार्ट कनेक्ट फिचर, अगाडि गोलो एलईडी हेडल्याम्प, विन्ड स्क्रीन, एलईडी टर्न इन्डिकेटर जस्ता फिचरहरू छन् ।

