लीपमोटर बी १० नाइमा अटो शोमा नेपाल आउने

काठमाडौं । लीपमोटरको बहुप्रतिक्षित एसयूभी बी १० नेपालमा आगामी साउनमा आयोजना हुने नाइमा मोबिलिटी शोमा सार्वजनिक गरिने भएको छ ।

हाल चीनमा जारी सांघाई अटो शोमा देखाइएको बी १० नेपालमा अबको ४ महिनापछि आउने पक्का भएको हो ।

लीपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले नाइमा अटो शोमा बी १० ल्याउने जानकारी दिएको हो ।

लीपमोटरले सांघाई अटो शोमा देखाएको बी १० चाँडै विश्व बजारमा डेब्यु गराउँदै छ ।‘लीप ३.५ आर्किटेक्चर’मा बी-१० कम्पनीको पहिलो बी-सेग्मेन्ट एसयूभी मोडल हो ।

बी १० एसयूभीमा ६७.१ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ६०० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यसमा ५६.२ किलोवाट आवरको ब्याट्री पनि रहने छ । यसमा १३२ र १६० किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ ।

लीपमोटर्सले बी-१० एसयूभीको ककपीटमा क्वालकमको स्न्यापड्रागन ८२९५ चीप प्रयोग गरेको छ । इन्टेलिन्ट ड्राइभिङ सिस्टमसहित आउने बी-१० एसयूभीले लीप मोटर्सको बिक्रीलाई थप उचाइमा लग्ने कम्पनीको दाबी छ ।

यसका फिचरहरूको बारे अहिले कुनै जानकारी गराइएको छैन । नाइमा अटो शोकै बेला सार्वजनिक गरिने सांग्रिला मोटर्सले जानकारी दिएको छ ।

सांग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजसेन अन्तर्गतको कम्पनी हो । यस कम्पनीले २०१७ देखि प्यूजो र २०२१ देखि सिट्रोनको आधिकारिक बिक्रेता रहेको छ ।


Back_to_top