इलेक्ट्रीक र हाइब्रिड कार बढेसँगै ल्यूव र स्पेयर पाटर्सको भविस्य अन्यौलमा

काठमाडौं । नेपाली बजारमा अहिले करिब एक दर्जन ल्यूव उद्योग संचालनमा रहेका छन् भने ती उद्योगका अधिकांश उत्पादन सवारीसाधनले नै उपभोग गरिरहेका छन् । यस उद्योगमा नेपाली व्यवसायीले राम्रो रकम लगानी गरिसकेको जनाएका छन् ।  

यस्तोमा इलेक्ट्रीक कारको चर्चा चुलिनु यी उद्योगहरुको लागि उपयूक्त नभएपनि वातावरणको सुधार, इन्धन आयात कम गर्न र आफ्नै विजुलीले गाडी चलाउन पनि इलेक्ट्रीकमा जानु पर्ने बाध्यात्मक अवस्था रहेको छ ।

नाडा अटो शो २०१९ मा करिब एक दर्जन नयाँ कार सार्वजनिक भए । ति मध्य केही कार हाइब्रिड थिए भने धेरै जसो ग्यासोलिन नै थिए ।

यद्यपी आर्थिक वर्ष २०७५/०७६ मा करिब २५९ यूनिट इलेक्ट्रीक गाडी आयात भएको छ भने चालु अर्थिक वर्षको पहिलो महिनामा करिब १७० यूनिट इलेक्ट्रीक कार आयात भइसकेको छ ।

यस्तोमा इलेक्ट्रीक गाडीमा ठूला ब्रान्ड नै प्रबेश गरेकाले इलेक्ट्रीक सवारीसाधनको बजार हिस्सा बिस्तार हुँदै गएको हो । नेपाली बजारमा अहिले महिन्द्रा, हुन्डाई, किया, बीवाइडी ब्रान्डले इलेक्ट्रीक कार बिक्री गर्दै आएका छन् भने अन्य दर्जनौ चाइनिज ब्रान्डका गाडी आयात भइरहेका छन् ।

उसोत नेपाली बजारमा विश्व प्रसिद्ध अउडी र ज्यागुअरका इलेक्ट्रीक उत्पादन नेपाल आइसकेको अवस्था रहेको छ । यस्तोमा नेपालमा इन्धनको व्यापार गर्ने पेट्रोल पम्प, ल्यूव बनाउने कम्पनी र घरै पिच्छे खुलेका वर्कसपको अवस्था के हुने भन्ने चर्चा सुरु भइसकेको छ ।

नेपाल सरकारले नीतिगत तहबाटै इलेक्ट्रीक सवारीसाधनको आयातलाई बढवा दिइरहेकाले स्वभाविक रुपमा सबै क्षेत्रको व्यवसयमा हलचल आएको छ । अहिले नेपालमा करिब १२ अर्वको ल्यूवको बजार रहेको अनुमान छ । तर नेपाली कम्पनीकाे हिस्सा ३० प्रतिशत मात्र रहेकाे छ । घरैपिच्छे खुलेका ग्यारेजको आम्दानी र खर्चको कुनै लेखाजोखा नै छैन ।

अहिले बजारमा आउन सुरु भएको हाइब्रिड कारहरुमा पनि यी साधारण ल्यूवको प्रयोग हुँदैन । यस्ता गाडीलाई हाई परफर्मेन्स ग्रेडका ल्यूवहरु चाहिने छ । यस्तोमा हामी कहाँ भएका उद्योगलाई केही अपग्रेड गरेर संचालन गर्न सकिने अवस्था रहेको छ ।    

‘इलेक्ट्रीक कार मात्रै बजारमा गुड्न थालेपछि ल्यूव, स्पेयर पाटर्स र अटो ग्यारेजको काम लगभग सकिने छ । त्योभन्दा अगाडि नै व्यवसायीहरुले अल्टरनेटिभ व्यवसाय सोचेर अगाडि बढ्ने छन्’ नाडा अटोमोवाइल एसोसियसन अफ नेपालका कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले मेरोअटोसँग भने ।

उनको भनाइलाई आधार मान्ने हो भने अब विस्तारै यी क्षेत्रमा रहेका व्यवसायीले बैकल्पीक व्यवसायलाई पनिसँगै अगाडि बढाउने छन् । 


Back_to_top