काठमाडौं । महिन्द्रा युटिलिटी भेहिकलको आधिकारिक वितरक अग्नि ग्रुपले भरतपुरको पारस वसपार्क नजिकै आफ्नो फ्ल्यागसीप शोरुम संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो शोरुमहरुको स्तरोन्नती गर्दै एसयूभी रेन्जलाई बेच्न फ्ल्यागसीप शोरुम निर्माण गरेको हो ।
आजबाट संचालनमा आएको नयाँ शोरुममा महिन्द्रा सफल र चर्चित एसयूभीहरु स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० राखेर बिक्री सुरु गरिएको छ । कम्पनीले यहाँबाट आफ्नो बिक्री, बिक्री पछिको सेवा र जेनुइन पार्टपुर्जासमेत बिक्री गर्ने जनाएको छ ।
कम्पनीले लगालग काठमाडौं, इटहरी र जनकपुरधाममा फ्ल्यागसीप शोरुम संचालन गर्दै स्कर्पियो एन, एक्सयूभी ७०० र एक्सयूभी ३०० बिक्री गरिरहेको छ । कम्पनीले काठमाडौं बाहिर क्षेत्रीय स्तरको तेस्रो शोरूम संचालनमा ल्याएको जनाएको छ ।
नयाँ ट्विन पिक्स ब्राण्डेड महिन्द्राका एक्सयूभी शशोरुमको उद्घाटनमा इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकर, महिन्द्रा एण्ड महिन्द्राका भाइस प्रेसिडेन्ट-अन्तर्राष्ट्रिय अपरेसन अटोका जोयदीप मोइत्रा, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री हेड चैतन्य कगलकर लगायत स्थानीय सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरु उपस्थित थिए ।
शोरुम उद्घाटन गर्दै महिन्द्राका इन्टरनेशनल अपरेसन अटो महिन्द्रा एण्ड महिन्द्राका प्रमुख सचिन आरोलकरले आफुहरु नेपाली ग्राहकको माग अनुसारको सेवा र सुविधा दिन प्रतिवद्ध रहेको बताएका थिए ।
उद्घाटन कार्यव्रmममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले चितवन र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती मूल्यमा कम्पनीको गुणस्तरीय सेवा दिन सफल हुने विश्वास ब्यक्त गरे ।
‘शक्तिशाली इन्जिन, उन्नत सुविधाहरू र स्टाइलिश डिजाइन भएका एक्सयूभी ७०० र एक्सयूभी ३०० ले नेपाली ग्राहकहरूलाई असाधारण ड्राइभिङ अनुभव प्रदान गर्ने छ । उत्कृष्ट र गुणस्तरीय बिक्री सेवा, सर्भिस र वास्तविक स्पेयर पार्ट्सहरू प्रदान गर्न हामी प्रतिवद्ध छौं’, एमडी श्रेष्ठले भने ।
अग्नि ग्रुपका डेप्युटी सेल्स डाइरेक्टर बर्दान बस्नेतका अनुसार कम्पनीले छिट्टै पोखरा, धनगढी, नेपालगन्ज, बुटवल जस्ता क्षेत्रमा रहेका आफ्ना शोरुमहरु फ्ल्यागसीप बनाउने गरी काम गरिरहेको बताए ।


