आउँदै महिन्द्राको नयाँ गेमचेन्जर

काठमाडौं । एसयूभी सेग्मेन्टमा एकपछि अर्को रेकर्ड बनाइरहेको महिन्द्राले नेपाली बजारको लागि पनि नयाँ गेमचेन्जर प्रोडक्ट बजारमा ल्याउने भएको छ । अग्नी इनकर्पोरेट प्रालिले भदौ अन्तिममा आयोजना भएको नाडा अटो शो २०२३ मा सार्वजनिक गर्ने तयारी गरेपनि अन्तिम समयमा नल्याएको XUV400 अब भने नेपालमा बिक्री सुरु गर्न लागेको हो ।

महिन्द्रा XUV400 मा केही फिचर परिमार्जन गर्न लागेकै कारण भदौमा नेपाल आएको थिएन । अब सबै फिचर अपग्रेड भएर आएको कारण जनवरी २०२४ मा XUV400 बजारमा ल्याउने तयारी थालेको कम्पनी स्रोतले बतायो ।

‘हामी विद्युतीय गाडीको नेपालमा सुरुवात गर्ने कम्पनी हौं । अहिले थ्री ह्वीलर्स मात्रै इलेक्ट्रीकमा छ । कम्पनीले जनवरीमा XUV400 दिन्छु भनेको छ । सम्भवत जनवरीमा बिक्री सुरु होला’, अग्नी इनर्जीका बिजनेश हेड प्रमोद भण्डारीले भने ।

महिन्द्रा XUV400 ब्राण्डकै गेमचेन्जर मोडलको रुपमा नेपाल आउने देखिन्छ । भारतमा XUV 300 को सफलतासँगै कम्पनी त्यहि प्लेटफर्ममा कम्पनीले XUV400 तयार गरेको हो ।

नेपालमा विद्युतीय साधनको बढ्दो क्रेजमा एउटा पर्फेक्ट एसयूभीको रुपमा नेपाल आउन लागेको XUV400 ले ब्राण्ड कै बिक्रीलाई नयाँ उचाईमा लग्न सक्ने देखिन्छ । त्यसको लागि कम्पनीले निर्धारण गर्ने मूल्य सबैभन्दा ठूलो महत्वपूर्ण हुन्छ ।

यस्तो छ XUV400

XUV400 भारतमा विभिन्न दुई ब्याट्री अप्सनमा उपलब्ध रहेको छ । जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री अप्सन पाउन सकिन्छ ।

महिन्द्रा XUV400 मा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ । यी दुबै ब्याट्रीले ५० किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्छन् ।

XUV400 लाई ५० किलोवाटको चार्जरले चार्ज गर्दा ब्याट्रीलाई शून्यबाट ८० प्रतिशत चार्ज गर्न जम्मा ५० मिनेट लाग्ने कम्पनीको भनाइ छ । यसलाई गाडीमा उपलब्ध ३.३ किलोवाटको होम चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १३ घण्टा लाग्छ । त्यस्तै ७.२ किलोवाटको चार्जरले चार्ज गर्दा भने ६ घण्टा ३० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।

महिन्द्राले XUV400मा दुई ब्याट्री अप्सन दिएको छ । जसमा ३४.५ र ३९.४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा रहेको सानो ब्याट्रीले ३७५ किलोमिटर र ठूलो ब्याट्रीले ४५६ किलोमिटर रेन्ज दिने एआरएआईले प्रमाणित गरेको छ ।

सुरक्षाको लागि निकै स्तरिय फिचर उपलब्ध XUV400 मा इलेक्ट्रोनिक्स स्टेविलिटी प्रोग्राम (इएसपी), हिल होल्ड एसिस्ट (एचएसए), अटो डिमिङि आइआरभीएम, टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर छन् ।

XUV400को लम्बाई ४२०० एमएम, चौडाई १८२१ एमएम, उचाई १६३४ एमएम रहेको छ । यसमा २६०० एमएमको ह्वीलवेस रहेको छ ।


Back_to_top