काठमाडौं । पछिल्ला धेरै वर्षदेखि क्रसओभर सेग्मेन्टमा कुनै पनि कडा प्रतिस्पर्धी भेटिएको थिएन । हुन्डाई आई २० एक्टीभ योसेग्मेन्टमा निकै सफल मोडल थियो । तर, हुन्डाईले यसको उत्पादन बन्द गर्यो ।
त्यसपछि आएको फोर्ड फ्रिस्टाइल पनि बन्द भएसँगै मारुतीले नयाँ मोडल फ्रोनक्स बजारमा ल्याएको हो । कम्पनीले अटो एक्स्पो २०२३ मा यसलाई सार्वजनिक गरेर अन्य कम्पनीलाई क्रसओभर सेग्मेन्टमा नयाँ सिराबाट सोच्न बाध्य बनाएको हो ।
विभिन्न ५ भेरियन्ट सिग्मा, डेल्टा, डेल्टा प्लस, जेटा र अल्फामा उपलब्ध हुने फ्रोनक्समा सुजुकीले पहिलो पटक १.० लिटर टर्बो पेट्रोल इन्जिन दिएको हो । साथै, यसमा १.२ लिटर ड्यूलजेट इन्जिन पनि दिइएको छ । यसले अधिकतम पावर ९० पीएस पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल र ५ स्पीड एएमटी गियरबक्स छनोटमा पाउन सकिन्छ ।
टर्बो इन्जिनले भने १०० पीएस पावर र १४८ एनएम टर्क उत्पादन गर्छ । साथै, यसमा ५ एमटी र ६ स्पीड अटोमेटीक गियरबक्सको विकल्प पाउन सकिने छ ।
फ्रोनक्समा उच्च प्रविधि र नयाँ सुरक्षा फिचर्स दिइएको छ । यसले ड्राइभिङ अनुभवलाई थप मजवुद र सुरक्षित बनाउँछ । यसमा रहेको टर्न–बाइ–टर्न नेभिगेसन, ३६० डिग्री भ्यु क्यामेरा र हेड–अप डिस्प्लेले गाडी ड्राइभ गरेका बेला महत्वपूर्ण जानकारी प्रदान गर्छ ।

सुजुकीले फ्रोनक्समा वायरलेस चार्जर, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको फराकिलो एचडी स्मार्ट प्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम दिएको छ ।
यसमा आइसोफिक्स चाइल्ड सिट एन्करेजको प्रयोगले चाइल्ड सेफ्टीलाई पनि सुनिश्चित गरेको छ। त्यस्तै, यो कारमा ६ वटा एयरब्याग, ३-पोइन्ट इएलआर सिटबेल्ट, रियर भ्यू क्यामेरा,एन्टी थेफ्ट सेक्युरिटी सिस्टम हिल होल्ड असिस्ट र रोल ओभर मिटिगेसन सहितको ईएसपी, ईबीडी र ब्रेक असिस्ट सहितको एबीएस लगायत अन्य सुरक्षाका फिचर्स उपलब्ध हुनेछन् ।
सुजुकी कनेक्ट प्लेटफर्ममार्फत उपलब्ध सेफ्टी र सेफ्टी फिचर्सहरुमा इमर्जेन्सी अलर्ट, ब्रेकडाउन नोटिफिकेसन, चोरी भएको सवारीको नोटिफिकेसन र ट्र्याकिङ, इम्मोबिलाइजर, जियोफेन्स, सेफ टाइम अलर्ट र रिमोट अपरेशनहरू समावेश छन्।
फ्रोनक्स कम्प्याक्ट एसयूभी विभिन्न ६ वटा सिंगल टोन कलर अप्सनमा पाउन सकिन्छ । यो क्रसओभर भारतमा विक्री सुरु भएको केही महिनापछि नै नेपाल आउने छ ।


