पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना

काठमाडौं । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटना भएको छ ।

आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको एटीआर ७२ जहाज करिब साढे १० बजेतिर पुरानाे विमानस्थल नजिकैको सेती खाेँचमा दुर्घटना भएको हाे ।

दुर्घटनाग्रस्त विमानमा भीषण आगलागी भएको भिडियोहरु सार्वजनिक भएका छन् । उक्त जहाजमा चालक दलमा ४ सहित कुल ७२ जना सवार रहेको बताइएको छ ।


Back_to_top