काठमाडौं । एमजी मोटर इन्डियाले भारतमा जारी अटो एक्स्पोमा एमजी हेक्टर नेक्स्ट जेनेरेशन अनावरण (अनभिल) गरेको छ । कम्पनीले एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) लेभल २ टेक्नोलोजी प्रयोग भएको नयाँ मोडलको एसयूभी देखाएको हो ।
यस अटोनोमस लेभल २ एसयूभीमा ट्राफिक जाम असिस्ट र अटो टर्न इन्डिकेटर्स सहित ११ वटा एडास फिचर्सहरु रहेका छन् । यसमा रहेको इन्टेलिजेन्ट ट्राफिक जाम असिस्टले ट्राफिक जाममा रहेको अवस्थामा गाडीलाई लेनको बीचमा राखी अगाडिको गाडीसँग सुरक्षित दूरी कायम गरी अधिकतम सुरक्षाको सुनिश्चित गर्दछ।
कम्पनीले हालै सार्वजनिक गरेको स्मार्ट अटो टर्न इन्डिकेटर्सले नेक्स्ट जेन एमजी हेक्टरमा झन्झटरहित र सुरक्षीत ड्राइभिङको अनुभव पनि प्रदान गर्दछ ।
सवारीको स्टेरिङको एंगलको आधारमा यसमा रहेको इन्डिकेटर लाइट स्वचालित रूपमा अन÷अफ हुन्छ। यो स्वचालित सिग्नल लाइट ड्राइभरका लागि विशेषगरी पार्किङ स्थलबाट सडकमा प्रवेश गर्दा अथवा यू–टर्नको समयमा इन्डिकेट राख्न असफल भएका बेला उपयुक्त हुने गर्दछ ।
यस नयाँ एसयूभीमा भारतकै सबैभन्दा ठूलो र फराकिलो १४ इन्चको एचडी पोट्रेट इन्फोटेनमेन्ट सिस्टमका साथै न्यू युजर इन्टरफेस रहेको छ । यसमा टेक्नोलोजिकल इनोभेसन फस्ट–इन–सेग्मेन्ट डिजिटल ब्लुटुथ की र की सेयरिङ क्यापाबिलिटीज पनि रहेको छ।

आपतकालीन अवस्थामा वा यसको साँचो हराएको अवस्थामा, डिजिटल कीलाई गाडी लक गर्न, अनलक गर्न, सुरु गर्न र ड्राइभ गर्न प्रयोग गर्न सकिन्छ। रिमोट लक/अनलक फीचरको प्रयोग गरेर कारलाई जुनसुकै ठाउँबाट पनि लक/अनलक गर्न सकिन्छ ।
नेक्स्ट–जेन एमजी हेक्टरमा ६ वटा एयरब्याग, ३६० डिग्री एचडी क्यामेरा, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), ट्रेक्सन कन्ट्रोल सिस्टम (टीसीएस), हिल असिस्ट कन्ट्रोल (एचएसी), अल फोर–ह्वील डिस्क ब्रेक, सबै सिटका लागि थ्री पोइन्ट सिट बेल्ट, इलेक्ट्रीक पार्किङ ब्रेक (ईपीबी) र फ्रन्ट पार्किङ सेन्सर लगायत सुरक्षाका फिचर्स रहेका छन् ।


