एमजी एस्टर हाइब्रिड इन्जिनमा आउने

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले आफ्नो कम्प्याक्ट एसयूभी एस्टरलाई हाइब्रिड इन्जिनमा ल्याउने भएको छ । कम्पनीले अहिले हाइब्रिड एक्सटरको भारतमा सडक परीक्षण गरिरहेको तस्बिरहरु बाहिर आएका छन् ।

एमजीको स्ट्रङ हाइब्रिड इन्जिन भएको एस्टरको प्लेटफर्म, ड्यासबोर्ड, डिजाइन, इन्टेरियर सबै पूर्णत नयाँ देखिएको छ । थाइल्याण्डमा अहिले नै बिक्री हुँदै आएको मोडलको समान स्पेकमा डिउल स्कृन सेटअप यसमा पनि रहेको छ ।

एमजीले यसमा १.५ लिटर क्षमताको पेट्रोल हाइब्रिड इन्जिन दिनेछ । उक्त इलेक्ट्रीक र इन्जिनको संयुक्त पावर १७७ पीएस रहने छ । एमजीले एस्टर हाइब्रिडमा ई–सीभीटी गियरबक्स दिएको छ । यसको टेक्नोलोजी भारतीय बजारमा बिक्री भइरहेको ग्राण्ड भिटारा हाइब्रिड तथा टोयोटा हाइराइडर जस्तै हुनेछ ।

एमजीले सन् २०२५ देखि २०२८ सम्म भारतमा ८ वटा मोडल लन्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ । कम्पनीले यस वर्ष फेसलिफ्ट ग्लोस्टर तथा क्लाउड ईभी लन्च गर्ने पक्का भइसकेको छ ।


Back_to_top