काठमाडौं । एमजी एस ५ इलेक्ट्रीक एसयूभीले युरो एनक्याबको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ ।
युरो एनक्याबले एक विज्ञप्ति जारी गर्दै एमजीको एस५ ले क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको जानकारी गराएको हो ।
लेफ्ट ह्याण्ड ड्राइभ भेरियन्टको एमजी एस५ को क्रयास टेस्टमा एडल्ट अकुपेन्टमा ९० प्रतिशत स्कोर पाएको हो । त्यस्तै, चाइल्ड अकुपेन्टमा ८२ प्रतिशत, रोड युजर सेफ्टीमा ८२ प्रतिशत र सेफ्टी असिस्टमा ७८ प्रतिशतको स्कोर पाएको हो ।
यो युरोपियन न्यू कार असिस्टमेन्ट प्रोग्रामले एमजी एस५को क्रयास टेस्ट रिपोर्ट २०२५ को मे महिनामा सार्वजनिक गरेको हो ।
यसअघि नेपाली बजारमा एमजीले युरो एनक्यापमा ५ स्टार रेटिङ पाएको केही विज्ञापनहरुमा लेखेका कारण झुट बोलेको भनि चर्चा चलेको थियो । तर, अहिले आएर एमजीको दाबी सही सावित भएको हो ।


