सस्तो मूल्यको स्पोर्टस् कार टेष्ट ड्राइभ (भिडियोमा)

काठमाडौं । स्पोर्टस् कारको मूल्य निकै महंगो हुनेगर्छ । तर, प्रविधिको विकाससँगै बजारमा कम मूल्यमै स्पोर्टस् कार पाउने अवस्था छ ।

पेट्रोलियम पदार्थबाट चल्ने स्पोर्टस् कारमा धेरै कर लगाइएको कारण महंगो मूल्य तिरेर किन्नु पर्ने भएको कारण धेरैले इच्छा गरेर पनि किन्न सक्ने अवस्था छैन । तर, विद्युतीय गाडीमा कम कर भएको कारण महंगो मूल्यमा किनेर ल्याउँदा पनि उपभोक्ताले केही सस्तो मूल्यमा किन्न पाएका छन् ।

एमजीको स्पोर्टस् ह्याचव्याक कार नेपाली बजारमा विगत ८ महिनादेखि बिक्री हुँदै आएको छ । सुरुमा धेरै मानिसको ध्यान खिच्न नसकेको एमजी-फोर स्पोर्टस् ह्याचव्याकले अहिले भने धेरैको ध्यान खिचिरहेको छ । मूल्यको हिसावले ५० लाख पर्ने यो कारले अहिले राम्रो बिक्री पाइरहेको देखिन्छ ।

यूरोपियन बजारको नम्बर वान स्पोर्टस् ह्याचव्याकलाई मेरोअटो टीमले ४०० किलोमिटर हाराहारी चलाएको थियो । काठमाडौंबाट विराटनगरसम्मको यात्रामा यसको पर्फमेन्स लगायतका विषय हामीले परीक्षण गरेका थियौं ।

सिंगल चार्जमा सजिलै काठमडौंबाट विराटनगर पुग्ने एमजी-फोरमा ६४ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट आवरको मोटर पाउन सकिन्छ ।


Back_to_top