काठमाडौं । मोटरहेड मोटरसाइकलको लागि आधिकारि विक्रेता कम्पनी एसएलआर टेक्नो एण्ड ट्रेडले नयाँ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘विग विगर विगेष्ट’ नामक स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीको नयाँ स्कीम अनुसार ग्राहकले नगदमा मोटरसाइकल खरिद गर्दा स्क्रयाच मार्फत ७ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् । त्यस्तै एक्सचेन्जमार्फत मोटरसाइकल खरिद गर्ने ग्राहकले बजार मूल्याङकनमा २० हजार थप मूल्याङ्कन पाउने छन् ।
यो योजनामा सहभागी ग्राहकबाट एकजना भाग्यमानि विजेताले लक्किड्रमार्फत नगद २ लाख ७ हजार ९०० रुपैयाँ जित्नेछन् । साथै यस योजनामा ग्राहकलाई दुई वर्षको रोड ट्याक्स निशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
यो योजना असार १३ गतेदेखि मोटरहेडका सबै शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै कम्पनीको मोटरसाइकलहरु हाल पुरानै मुल्यमा उपलब्ध गराउँदै आएको र छिट्टै मुल्य बढ्ने जानकारीसमेत दिएको छ ।
कम्पनीको पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा वितरक रहेका छन् ।


