‘स्कर्पियो एन’मा देखिएका ५ परिवर्तन (फोटो फिचरसहित)

काठमाडौं । गतिशिल ब्यवसाय गर्ने कम्पनीले समयको माग अनुसार आफ्नो उत्पादन बजारमा ल्याउन सक्नु पर्छ । नेपाली राजनीतिज्ञ, पहाडी क्षेत्रमा व्यवसाय गर्ने मझौंला ब्यवसायीदेखि पर्यटन क्षेत्रको समेत पहिलो रोजाइमा पर्ने महिन्द्रा स्कर्पियोको नयाँ मोडल स्कर्पियो एन सार्वजनिक भएको छ ।

अहिले सुरुमा यसको गलोवल लञ्च भएको हो । भारतमा पनि जुलाई अन्तिमबाट मात्रै बुकिङ सुरु गर्ने जनाइएको स्कर्पियो एन नेपालमा पनि परिस्थिति अनुकुल भए आगामी नाडा अटो शो २०२२ बाट विक्री नै सुरु हुनेछ । सम्भवत साउनको दोस्रो साताबाट यसको बुकिङ खुल्ला हुन सक्छ ।

यस्तोमा नेपाली बाटोमा परिचित स्कर्पियो र हिजो मात्रै सार्वजनिक भएको स्कर्पियो एनमा भएका परिवर्तन धेरैको चासो हुन सक्छ । नहोस् पनि किन कम्पनीले स्कर्पियोको २० वर्ष पुरा भएको अवसर पारेर नयाँ मोडल बजारमा ल्याएको छ ।

पहिलो परिवर्तन लोगो

दुई हिमाललाई मिलाएर तयार भएको ‘ट्वीन पिक्स लोगो’ यसमा प्रयोग भएको छ । भारतमा यसअघि नै एक्सयूभी ७०० बाट प्रयोगमा ल्याएको नयाँ लोगो नेपालमा पहिलो पटक स्कर्पियो एनमा लागेर लागेर आएको हो । यसअघिको रेगुलर मोडलमा उपलब्ध महिन्द्राको लोगो नयाँ स्कर्पियोमा देख्न पाईदैन ।

सनरुफ

महिन्द्राले स्कर्पियोमा पहिलो पटक सनरुफको विशेषता दिएको हो । यसअघिको तुलनामा केही होचो साइजमा आएको स्कर्पियोमा सनरुफले निकै राम्रो लुक्स प्रदान गरेको छ । परिवार लिएर घुम्ने मानिसहरुको रोजाइ कारमा सनरुफ सुरु भएकाले महिन्द्राले पनि स्कर्पियो एनमा सनरुफ दिएको हो । यसअघिको मोडलमा सनरुफ उपलब्ध थिएन ।

बाहिरी लुक्स र लाइट

बाहिरी बनोटमा स्कर्पियोको नयाँ मोडल र पुरानो मोडल बीच निकै ठूलो भिन्नता पाउन सकिन्छ । झट्ट हेर्दा निकै प्रिमियम देखिने फ्रन्ट ग्रिल, बम्पर, स्कीड प्लेट, नयाँ फगल्याम्प, एलइडी टर्न इन्डिकेटर, एलइडी डेटाइम रनिङ लाइट, मस्कुलर बोनेट, नयाँ १७ इन्चको अलोय ह्वील, टेल लाइट र साइड बडी प्यानल पूर्णत नयाँ र आधुनिक लाग्छन् ।

इन्टेरियर

यसको ड्यासबोर्ड, सेन्टर कन्सोल, गियर लिभर, सिट, इन्फोटेन्टमेन्ट सिस्टम, सुरक्षा फिचर, क्लाइमेट कन्ट्रोल, कनेक्ट फिचरले पहिलेको तुलनामा कयौं गुणा आधुनिकता थपेको छ ।

इन्जिन

स्कर्पियोको अर्को मुख्य परिमार्जन यसको इन्जिन पनि हो । कम्पनीले यसलाई दुई इन्जिन अप्सनमा ल्याएको छ । स्कर्पियोमा पहिलो पटक २.० लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिएको छ । साथै २.२ लिटर क्षमताको डिजेल इन्जिन पनि उपलब्ध रहेको छ ।

यसमा रहेको पेट्रोल इन्जिनले अधिकतम २०० पीएस पावर र ३८० एनएम टर्क प्रदान गर्छ भने २.२ लिटर डिजेल इन्जिनले १७५ पीएस पावर र ४०० एनएम टर्क जेनेरेट गर्छ । दुबै इन्जिनमा ६ स्पीड म्यानुयल र अटोमेटीक गियरबक्स अप्सन उपलब्ध हुनेछ ।

 


Back_to_top