काठमाडौं । सन् २०१८ इआइसीएमए अटो शोमा कन्सेप्टको रुपमा सार्वजनिक भएको मोटरसाइकल एमभी अगष्टा सुपरभेलो सिरी ओरो नेपाल आएको छ । एमभी अगष्टा सुपरभेलो ८०० को लिमिटेड एडिशन सिरी ओरो नेपालमा सार्वजनिक भएको हो ।
सुपरभेलो सिरी ओरोको लिमिटेड एडिशन ३०० यूनिट मात्र उत्पादन गरिएको छ । नेपाल आएको सुपरभेलो सिरी ओरो एशियामा नै आएको पहिलो यूनिट हो । तर, यसको रेगुलर भेरियन्ट भने नेपालमा बुकिङ गरेर किन्न सकिने छ । एसजे मोटोले यसलाई नेपाल ल्याएको हो । यसको वुकिङ एसजे मोटो ग्यालरीबाट गर्न सकिने छ ।
स्याकार कम्पनी तथा एसजे ग्यालरीका चेयरम्यान सौरभ ज्योतिले सुपरभेलो सिरी ओरो सार्वजनिक गरेको हुन् ।
सुपरभेलोमा सिरी ओरोमा ७९८ सीसी तीन सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १३००० आरपीएममा १४८ हर्सपावर तथा ८८ एनएम टर्क जेनेरेट गर्छ ।

लिमिटेड एडिशन भर्सनमा धेरै जसो कार्वन फाइवर प्रयोग गरिएको छ । यसमा हेडल्याम्प तथा टेलल्याम्प एलइडी प्रयोग गरिएको छ । यसमा रहेको डे टाइम रनिङ लाइटसमेत एलइडी रहेको छ । यसका साथै यसको फुट पेग राइडरको हाइट अनुसार एडजष्ट गर्न मिल्ने छ ।
यसमा हाइटेक टीफटी ड्यासबोर्ड दिइएको छ । जसमा स्मार्ट फोन कनेक्ट गर्न सकिन्छ । रेट्रो डिजाइन स्पोर्टस् बाइक सुपरभेलो सिरी ओरोमा गोलाकार एलइडी हेडल्याम्प, टेलल्याम्प, मोटोजिपी ट्राइ एक्जष्ट, ह्यान्डलबार इन्ड लुकिङ मिरर, लेदर स्ट्राप फ्युल ट्याङक जस्ता फिचर रहेको छ ।
यो मोडल नेपालमा विक्री भने गरिने छैन । नेपाली बजारमा यसको रेगुलर भेरियन्ट भने एसजे मोटोले उपलब्ध गराउने जनाएको छ । एमभी अगष्टा सुपरभेले ८०० खरिद गर्न चाहाने ग्राहकले एसजे मोटोमा गएर बुकिङ गर्न सक्नेछन् ।


