काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नेतृत्वमा देशभर रहेका अटोमोवाइल ब्यवसायीहरु आन्दोलित भएका छन् ।
नाडाको नेतृत्वमा काठमाडौंको माइतीघरमा ब्यवसायीहरुले विहान ११ बजेबाट धर्ना दिएका थिए । नाडाको यो आन्दोलनमा एक्यबद्धता जनाउन चेम्बर, एफएनसीसीआई जस्ता संस्थाका पदाधिकारीहरु समेत उपस्थित भएका थिए ।
विरोध कार्यक्रममा करिब ४ सय हाराहारी ब्यवसायीहरु थिए । उनिहरुले कालो कपडा लगाउने, कालोपट्टी वाँध्ने र हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर शान्ती पूर्ण विरोध जनाएका थिए ।
सुरुमा सरकारले आयात प्रतिबनध लगाएको र बैंकले मनलाग्दी ब्याजदर लगाएको भन्दै उनिहरुले आन्दोलन घोषणा गरेका थिए । सरकारले पुस १ गतेबाट आयात खुल्ला गर्ने निर्णय गरेसँगै ब्याजदर नियन्त्रण, आयात मार्जिन पुरानै ब्यवस्था हुनु पर्ने, जोखिमभार कम गर्नु पर्ने, चालु पुँजी कर्जा कार्यान्वयनको लागि समय दिनु पर्ने जस्ता माग उठाएर धर्ना दिएका हुन् ।

नाडा अध्यक्ष ध्रुव थापा र विरोध कार्यक्रमका संयोजक सुनिल रिजालले ब्यवसायीको समस्या राखेका थिए । विरोध कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्र उप्रेती, सचिव बिक्रम सिंघानिया, कोषध्यक्ष मिलनबाबु मल्ल र सहकोषाध्यष पंकज अग्रबालको उपस्थिति रहेको थियो ।
त्यसैगरी नाडा कार्यसमिति सदस्यहरु निराकर श्रेष्ठ, आकाश गोल्छा, अभिक ज्योति, दीपक अग्रवाल, यमुना श्रेष्ठ, प्रदीपमान प्रधान, कपिल सिवाकोटी, प्रकाश कपुरी, निलमणी पाठक लगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्ने सबैले सरकारले ब्याजदर नियन्त्रण गर्नु पर्ने र बैंकहरुले तत्कालको लाभ नहेरी ब्यवसाय बचाउनेगरी कर्जा प्रबाह गर्नु पर्ने विषयमा केन्द्रित रहेर आफ्नो धारणा राखेका थिए ।


