सिंगल चार्जमा १०७५ किमि रेन्ज दिने ‘नेटा एस’

काठमाडौं । होजोन अटोको उत्पादन ‘नेटा एस’ सेडान कारको टेक्नीकल विवरण सार्वजनिक भएको छ । कम्पनीले चीनको मिनीस्ट्री अफ इन्डष्ट्री एण्ड इन्फर्मेसन टेक्नलोजीमा बुझाएको डकुमेन्ट बाहिर आएसँगै नेटा एसको रेन्ज सार्वजनिक भएको हो ।

नेटाको यो नयाँ कारमा सीएटीएलले उत्पादन गरेको लेटेस्ट व्याट्री क्यूइनको प्रयोग भएको छ । जसका कारण यो कारको रेन्ज एनइडीसीले १०७५ किलोमटर हुने प्रमाणित गरेको हो ।

एक हजार किलोमिटरभन्दा बढि रेन्ज दिने यो कारमा ११७.०४ किलोवाट आवरको ब्याट्री प्याक रहको छ । त्यसको तौल मात्रै ५८८ किलो भएको बताइएको छ । यो कारमा २०० किलोवाटको सिंगल मोटर सेटअप रहेको छ ।

कम्पनीले गत वर्षको जुन महिनामा नेटा एसको प्रिमियर गरेको थियो । प्रिमियम सेडान सेग्मेन्टमा रहेको नेटा एसको लम्बाई ४९८० एमएम, चौडाई १९८० एमएम, उचाई १४५० एमएम रहेको छ । यसमा २९८० एमएमको ह्वीलवेस रहेको छ ।

यो सेडान कारमा पानारोमिक सनरुफ रहेको छ । कम्पनीका अनुसार उक्त सनरुफले ८५ प्रतिशतसम्म तापक्रम र ९९.९ प्रतिशतसम्म अल्ट्राभोइलेट रेलाई ब्लक गर्छ ।


Back_to_top