काठमाडौं । बजाज पल्सर एन १६० को अपडेटेड भर्सन सार्वजनिक भएको छ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले पल्सर एन १६० यूएसडी फर्क भर्सन सार्वजनिक गरेको हो ।
कम्पनीले ल्याएको नयाँ मोटरसाइकलको मूल्य ४ लाख १४ हजार ९०० रुपैयाँ ताकिएको छ ।
रेगुलर मोडल पल्सर एन १६० को मूल्य ४ लाख १ हजार ९०० रुपैयाँ रहेको थियो भने अपेडेटेड पल्सर एन १६० को मूल्य १३ हजार रुपैयाँले बढेको हो ।
नयाँ पल्सर एन १६० मा यूएसडी फर्कका अलावा नयाँ डिजिलट कन्सोल तथा एबीएस मोड थप भएको छ । नयाँ कन्सोलमा ब्लुटूथ केनेन्टिभिसटी फिचरसमेत उपलब्ध छ । यसमा रेन, रोड तथा अफरोड गरि तीन एबीएस मोड पाउन सकिन्छ ।
यसका अलावा अन्य कुनै परिर्वतन नगरिएको यो मोटरसाइकलमा ट्वीन भर्टिकल एलईडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट पाउन सकिन्छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्क्रीन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की उपलब्ध छ। ।
यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।
डबल च्यानल एबीएस र दुवै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।