काठमाडौं । चिनियाँ स्टार्टअप अटोमोबाइल कम्पनी जिकरले पहिलो हाइब्रिड एसयूभी अनभिल गरेको छ । कम्पनीले बुधबारदेखि चीनमा सुरू भएको सांघाई अटोशो २०२५ मा जिकरले ९ एक्स मोडलको प्लगइन हाइब्रिड एसयूभी देखाएको हो ।
जिकरको ९ एक्स मोडल प्लगइन हाइब्रिड भए पनि यसको ब्याट्री इलेक्ट्रीक अप्सनले मात्रै पनि ३८० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यदि अनरोड ३८० किलोमिटरको रेन्ज पाउने हो भने इन्टरनल कम्बस्चन इन्जिनको प्रयोग नै नहुन सक्छ ।
जिकरको यो एसयूभीमा सीएटीएलले विशेष गरी हाइब्रिड भेहिकलहरूका लागि विकास गरेको फ्रिभोय ब्याट्रीको प्रयोेग भएको छ । ४ सी फास्ट चार्जिङ सपोर्ट गर्ने यो ब्याट्रीले हाइब्रिड भेहिकलमा पनि ईभीको एक्सपिरियन्स दिलाउनेछ ।
पावरफुल जिकर एक्स ९ ले जम्मा ३ सेकेण्डमै शून्य बाट १०० किलोमिटरको स्पीडमा गुड्न सक्छ । यो एसयूभीमा २७५ हर्सपावरको २.० लिटरको इन्जिन दिएको छ । यसका अलावा यो एसयूभीको फ्रन्टमा २९० किलोवाट तथा रियरमा ३७० किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । यसका संयुक्त पावर ८९८ पीएस हुनेछ ।

यो एसयूभीको इलेक्ट्रीक र ग्यासोलिनको संयुक्त रेन्ज १५०० किलोमिटरको रहेको छ ।
थ्रीरो फुल साइज जिकर ९ एक्सको लम्बाइ ५२३९ एमएम, चौडाइ २०२९ एमएम, उचाइ १८१९ एमएम तथा ३१६९ एमएमको ह्वीलबेस रहेको छ । २२ इन्चको अलोय ह्वील दिएको यो एसयूभीको ग्राउण्ड क्लियरेन्स २८८ एमएमको रहेको छ


