स्मार्ट हाइब्रिड इन्जिनमा आयो मारुती सुजुकी बलेनो

मारुती सुजुकीले बलेनोको परिमार्जित संस्करण सार्वजनिक गरेको छ । कम्पनीले बलेनोलाई कस्मेटिक परिमार्जन, नयाँ इन्फोटेनमेन्ट सिस्टम र नयाँ सुरक्षा फिचरका साथ बजारमा ल्याएको हो । 

यसमा १.२ लिटर के१२बी पेट्रोल इन्जिन दिइएको छ । त्यस्तै, डबल जेट स्मार्ट हाइब्रिड भेरियन्ट बलेनो डेल्टा र जेटा दुई भेरियन्टमा आएको छ । जसमध्ये डेल्टा भर्सनको मूल्य ७ लाख २५ हजार र जेटा भर्सनको मूल्य ७ लाख ८६ हजार भारतीय बजारमा तोकिएको छ । 

यसमा उपलब्ध १.२ लिटर के१२बी इन्जिनले ९० बीएचपी पावरका साथै ११३ एनएम टर्क उत्पादन गर्छ । यसले प्रतिलिटर २१.४ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यसमा एस्केलेरेशन, स्टार्ट स्टप सिस्टम, स्मार्ट प्ले स्टुडियो इन्फोटेनमेन्ट सिस्टम, ७.० इन्च टचस्क्रिन सिस्टम, स्मार्ट प्ले स्टुडियो जस्ता विशेषता दिइएको छ । एन्ड्रोयड अटो र एप्पल कार प्ले, भोइस रिकोनाइजेशन फक्शन, इन ब्युल्ट नेभिगेसनको जस्ता फिचरले कारलाई प्रिमियम बनाएको छ ।


Back_to_top