भारतमा फक्सवागनले बनायो दश बर्षमा दश लाख कार

फक्सवागनले भारतीय बजारमा प्रवेश गरेको दश वर्षमा दश लाख कार उत्पादन गरेको छ । कम्पनीका म्यानेजिंग डायरेक्टर गुरुप्रताप भोपाराइले पुनेस्थित चाकन प्लान्टबाट दश लाख कार उत्पादन गरेको जानकारी दिएका हुन् । २००९ मार्च ३१ देखि कम्पनीले उक्त प्लान्टबाट गाडी उत्पादन गर्न थालेको थियो । 

कम्पनीले सुरुवातमा स्कोडा फाइबरको उत्पादन गरेको थियो । हाल, फक्सवागनले भारतमा उत्पादीत कार एसियाका विभिन्न मुलुकसंगै अफ्रिका, दक्षिण अमेरिका र उत्तर अमेरिका लगायत ५० बढी देशमा कार बिक्री गर्दै आएको छ । 

भोपाराइले कम्पनीको सफलताले हौसला दिएको बताउँदै ग्लोबल मार्केटको लागि भारत बेन्चमार्क बनेको बताएका छन् । ‘बजार बिस्तारका लागि भारत उत्कृष्ट बेन्चमार्क बनेको छ । भारतमा दश लाख माइलस्टोन प्राप्त गरेसंगै कम्पनीको हौसला वृद्धि भएको छ,’ उनले भने । आगामी दिनमा स्थानियकरणलाई थप प्राथमिकतामा राख्ने विश्वास कम्पनीको छ । 

यस्तै कम्पनीका प्यासेन्जर कारका डायरेक्टर स्टेपन न्यापले भारतीय बजारमा दश लाख माइलस्टोन पार गर्नु सफलता विषय भएको बताएका छन् । सबै ग्राहक, कर्मचारी र मजबुद नेटवर्कको कारण उक्त सफलता प्राप्त भएको कम्पनीले जनाएको छ । 

यसैबीच, कम्पनीले भारतमा २.० परियोजनाको विकास गर्ने योजना बनाएको छ ।  कम्पनीले सो परियोजनाको विस्तारको लागि आठ हजार करोड लगानी गर्ने योजना बनाएको छ । 


Back_to_top