काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना अधिकांश मोडलको मूल्य बढाएको छ । तर, कम्पनीले विद्युतीय कारको मूल्य भने बढाएको छैन । यस्तोमा कम्पनीको इन्ट्री लेभल ह्याचव्याक सेन्ट्रोको मूल्य १ लाख ६० हजार रुपैयाँले बढाएको छ ।
कम्पनीले सबैभन्दा धेरै मूल्य सेन्ट्रोको इरा भेरियन्टमा बढाएको छ । इरामा १ लाख रुपैयाँले मूल्य वृद्धि गरिएको हो । त्यसैगरी मग्ना भेरियन्टमा ६० हजार र स्पोर्टज् भेरियन्टमा ७० हजार रुपैयाँले मूल्य वृद्धि गरिएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले सेन्ट्रोको मग्ना एएमटी र आस्टा भेरियन्टको मूल्य भने परिवर्तन गरेको छैन ।


