काठमाडौं । रोयल इनफिल्डले २५० सीसी हाइब्रिड मोटरसाइकल बनाउने भएको छ । ३५० सीसी सेग्मेन्ट लिडर मोटरसाइकल कम्पनीले २५० सीसी मोटरसाइकल बनाउने भएको हो ।
भारतको चेन्नई बेस दुईपाँग्रे मोटरसाइकल निर्माताले चिनियाँ कम्पनी सीएफमोटोसँग सहकार्यमा २५० सीसी हाइब्रिड मोटरसाइकल ल्याउने काम सुरू गरेको हो ।
कम्पनीले सीएफमोटोसँगको सहकार्यमा ल्याउने नयाँ २५० सीसी मोटरसाइकल हन्टर ३५० भन्दा कम मूूल्यमा आउने छ ।
कम्पनीले बीएस ६ फेज टु इमिसन स्ट्याण्डर्ड र आउँदै गरेको कर्पोरेट एभरेज फ्युल इफिसेन्सी स्ट्याण्डर्ड मिट गरेर बनाउने भएको छ । यो इन्जिन सीएफमोटोले तयार पार्नेछ भने इन्जिन बाहेकका अन्य कम्पोनेन्ट रोयल इनफिल्डले आफ्नै डिजाइनमा तयार पार्नेछ ।
हालै सम्मन्न भएको अटो सांघाई २०२५ मा सीएफमोटो र रोयल इनफिल्ड बीच २५० सीसी इन्जिन बनाउने सम्झौता भएको बताइएको छ ।
रोयल इनफिल्डले मिड साइज मोटरसाइकलको बजारपछि इन्ट्री लेबल प्रिमियम सेग्मेन्टमा प्रवेश गर्ने तयारी थालेको हो ।