रोयल इनफिल्ड हन्टर ३५० को नयाँ भर्सन सार्वजनिक, यस्तो छ मूल्य

काठमाडौं । रोयल इनफिल्डले भारतीय बजारमा हन्टर ३५० मोटरसाइकलको नयाँ भर्सन सार्वजनिक गरेको छ ।

कम्पनीले पुरानो हन्टरको तुलनामा केही फिचरहरू अपडेट गरेर फ्याक्टोरी, डाप्पर र रिबेल नाम दिएर तीन नयाँ भेरियन्टमा बजारमा नयाँ भर्सन हन्टर सार्वजनिक गरेको हो ।

अपडेटेड हन्टरमा थप नयाँ कलर स्कीमका साथै पछाडिको सस्पेन्सन सेटअपमा परिवर्तन गरिएको छ । पुरानो हन्टरमा लिनियर स्प्रिङ सस्पेन्सन थियो भने अब प्रोग्रेसिभ स्प्रिङ सस्पेन्सनमा आएको छ । साथै, १० एमएम ग्राउन्ड क्लियरेन्स पनि बढाइएको छ ।

यसमा नयाँ एलईडी हेडल्याम्प, ट्रिपर पोड सहितको डिजिटल एनालग इन्स्ट्रुमेन्ट क्लस्टर र भेरियन्ट अनुसार टाइपसी चार्जिङ पोर्ट, स्लिप र असिस्ट क्लच, नयाँ सिट र नयाँ बडी ग्राफिक डिजाइन पाउन सकिन्छ ।

नयाँ हन्टर ३५० अप्सन अनुसार डबल डिस्कब्रेकसँगै ड्रमब्रेक, सिंगल च्यानल र डबल च्यानल एबीएसमा पनि उपलब्ध हुनेछ ।

हन्टरमा ३४९ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर कुल्ड, ओबीडी टूबी कम्प्लाइन्ट, बीएस ६, जे सिरिजमा निर्माण भएको इन्जिन रहेको छ । यस इन्जिनले अधिकतम २०।२ पीएस पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको स्लिक सिफ्टिङ गियरबक्स छ ।

कम्पनीले भारतीय बजारमा नयाँ हन्टर ३५० फ्याक्टोरी भेरियन्टको मूल्य १ लाख ४९ हजार ९०० भारतीय रुपैयाँ डाप्पर भेरियन्टको मूल्य १ लाख ६७ हजार ७५० र रिबेल भेरियन्टको मूल्य १ लाख ८१ हजार ७५० भारतीय रुपैयाँ (एक्स शोरुम) निर्धारण गरेको छ ।


Back_to_top