काठमाडौं । नेपालमा गाडी किन्ने मानिसले राज्यलाई तिर्ने करको कुनै सिमा छैन । यद्यपी बैंकिङ सुविधामा पनि निरन्तरको कडाईले सामान्य गाडी किन्न पनि १२/१३ लाख रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउनु पर्छ । तर, इलेक्ट्रीक कारमा २० प्रतिशत डाउन पेमेन्ट गरे पुग्ने कारण नेक्सन इभीको सनरुफ सहितकाे टप भेरियन्ट किन्नेले नै ८ लाख डाउन पेमेन्ट गर्दा पुग्छ ।
इलेक्ट्रीक कारलाई नेपाल सरकारले प्रोहोत्साहन गर्दै न्यून भन्सार कर र अन्तःशुल्क पूर्णरुपमा छुट दिएको कारण कारको मूल्य कम छ भने नेक्सन इभीको टप भेरियन्ट एक्सजेड प्लस लग्जरी भेरियन्ट ४० लाख ९९ हजारमाखरिद गर्न सकिन्छ । उक्त रकम बापतको डाउन पेमेन्ट ८ लाख १९ हजार ८०० रुपैयाँ हुन्छ ।
अहिले नेपालमा विक्री हुने मध्ये सर्वाधिक धेरैको चासो र बुकिङ रहेको टाटा नेक्सन इभी ‘कम्बस्चन’को तुलनामा कम मूल्यको कारण पनि धेरै चर्चामा रहेको मोडल हो ।

नेक्सन इभी उच्च ग्राउन्ड क्लियरेन्सको कारण पनि चर्चामा रहेको छ । नेक्सनमा २०५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।
नेक्सन इभी नेपाल ल्याएसँगै सिप्रदी ट्रेडिङले फास्ट चार्जर सहितको चार्जिङ स्टेशन निर्माण गरेर ग्राहकलाई ढुक्क बनाएको कारण पनि धेरैले नेक्सन इभी रोजेका हुन् ।
कनेक्टीभीटीमा पनि नेक्सन इभी अब्बल रहेको छ । टाटाको जेड कनेक्ट एप मार्फत विभिन्न ३५ कनेक्ट कार फिचर यसमा दिइएको छ । जसमा रिमोट कन्ट्रोल, भेहिकल हेल्थ मोनिटरिङ, सेफ्टी एण्ड सेक्यूरिटी, ड्राइभिङ र यात्राको विश्लेषण गर्न सकिन्छ ।
टाटा नेक्सनको स्पीड पनि राम्रो रहेको छ । नेक्सनले सून्यदेखि ६० किलोमिटरसम्मको स्पीड केबल ४.६ सेकेन्ड र १०० किमिसम्मको स्पीड केबल ९.९ सेकेन्डमा भेट्टाउने छ । यसमा ९५ किलोवाटको मोटर र पीक टर्क २४५ एनएम छ । यसलाई स्पोर्ट मोडमा चलाउँदा अझ बढी टर्क पाउन सकिन्छ ।

ग्लोबल एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको प्लेटफर्ममा तयार भएकोले पनि यसलाई सुरक्षित कार भनिन्छ । यद्यपी यसको परिक्षण भएको छैन । यसलाई टाटाले आफ्नो जीपट्रोन प्रविधिमा आधारित रहेर बनाएको हो । यसमा आईपी ६७ सर्टिफाइड व्याट्री रहेको छ ।
टाटाले यसमा ३०.२ किलोवाट आवरको ब्याट्री दिएको छ भने, सडकमा २२५ किलोमिटर रेन्ज पाउन सकिन्छ । ड्यूल एयरव्याग, लिक्विड कुल्ड ब्याट्री, आइएसओ फिक्स चाइल्ड सिट रहेको छ ।
कम्पनीले यसलाई विभिन्न तीन भेरियन्टमा उपलब्ध गराएको छ । एक्सई, एक्सएम र जेडएक्स प्लस लग्जरी उपलब्ध गराएको छ । यसको मूल्य एक्सईको ३६ लाख ९९ हजार, एक्सएमको ३८ लाख ९९ हजार र जेडएक्स प्लस लग्जरीको ४० लाख ९९ हजार रुपैयाँ रहेको छ ।


