१२५ सीसीमा नयाँ स्कुटर ल्याउँदै होण्डा

काठमाडौं । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता होण्डाले नयाँ स्कुटर ल्याउने भएको छ ।

कम्पनीले भारतमा १२५ सीसी सेग्मेन्टमा क्लिक नामक नयाँ स्कुटर निर्माण गर्ने भएको हो । होण्डाले नयाँ स्कुटरका लागि भारतमा पेटेन्ट फाइल दर्ता गराइ सकेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्ट अनुसार उक्त स्कुटरको उत्पादन चाँडै सुरू हुनेछ । होण्डाको क्लिक १२५ स्कुटर विश्व बजारमा भने नयाँ मोडल होइन । कम्पनीले पहिले नै अन्य केही देशहरूमा यसको बिक्री सुरू गरिसकेको छ । होण्डा क्लिक १२५ स्कुटर फिलिपिन्समा निकै चर्चित छ । कम्पनीले सोही मोडल भारतमा पनि बिक्री गर्ने भएको हो ।

होण्डा क्लिक १२५ मा पूरा एलईडी लाइट सेटअप, एप्रोनमा जडान गरिएको हेडलाइट, डबल टोन ग्राफिक्स डिजाइन, स्पोर्टी ग्राफिक्स, स्टेप्ड सिंगल पिस सिट, ग्रयाब रेल, अगाडि डिस्क र पछाडि ड्रम ब्रेक, अलोय ह्वील, कम्बाइन्ड ब्रेकिङ सिस्टमसहित फ्रन्टमा टेलिस्कोपिक फोर्क र रियरमा युनिट स्विङ किसिमको सस्पेन्सन दिइएको छ ।

साथै, सानो फ्रन्ट स्टोरेज, अन्डर सिट स्टोरेज, फ्ल्याट फ्लोरबोर्ड, टाइप सी चार्जीङ पोर्ट, (किलेस गो)स्मार्ट की सिस्टम, पूरा डिजिटल क्लस्टर लगायतका फिचरहरू पाउन सकिन्छ ।

क्लिक स्कुटरमा १२५ सीसीको सिंगल सिलिण्डर, लिक्विड कुल्ड, फोर स्ट्रोक, टू भल्ब, एसओएचसी, पीजीएम एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ११ पीएस पावर तथा ११ एनएम टर्क जेनेरेट गर्छ । यो स्कुटरले ४९ प्रतिकिलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।

 


Back_to_top