इलेक्ट्रीक मोटरसाइकलमा सात दिनमै ४ हजार ११ किलोमिटर यात्रा

काठमाडौं । विद्युतीय सवारीसाधन धेरै लामो समय चलाउन सकिदैन भन्ने सोचलाई हटाउन ग्रेटवन मोटर्सले १६४ घन्टा ३० मिनेटरमा ४ हजार ११ किलोमिटर यात्रा गरेर रेकर्ड बनाएको हो ।

कम्पनीले बनाएको क्वान्टा मोटरसाइकललाई भारतको कन्याकुमारीदेखि खारदुंग ला पाससम्म चलाएर ‘एशिया बुक अफ रेकर्ड’मा नाम राख्न सफल भएको हो । कम्पनीले यो मोटरसाइकलमा ब्याट्री स्वाप पद्दतीको प्रयोग गरेको थियो ।

कन्याकुमारीबाट १३ सेप्टेम्वर २०२१ मा यात्रा सुरु गरेको मोटरसाइकल सेप्टेम्वर २० मा लद्दाखको खारदुंग ला पास पुगेको थियो ।

मोटरसाइकलको सफल परिक्षणपछि कम्पनीका सीईओ परशुराम पाकाले आफुहरुले स्वापेवल टेक्नोलोजीको परिक्षण र इलेक्ट्रीक साधन जस्तो सुकै अवस्थाको सडकमा पेट्रोलियमबाट चल्ने साधन जस्तै हुन्छ भन्ने पुष्टि गर्न यो यात्रा आयोजना गरिएको बताए ।

क्वान्टा इलेक्ट्रीक मोटरसाइकल ९९ हजार भारतीय रुपैयाँमा केही समय अगाडि भारतमा विक्री सुरु भएको थियो । कम्पनीका अनुसार यो पुर्णरुपमा भारतमा नै निर्माण भएको मोटरसाइकल हो । यो मोटरसाइकल रेड, ह्वाइट र ब्ल्याक कलरमा उपलब्ध रहेको छ ।


Back_to_top