रेन्ज रोभर स्पोर्टस् १५ दिनपछि सार्वजनिक हुने

काठमाडौं । अल न्यू रेन्ज रोभर २०२२ मोडल अबको १५ दिनपछि सार्वजनिक हुने भएको छ । ल्याण्ड रोभरको सर्वाधिक सफल मोडल ‘रेन्ज रोभर स्पोर्टस्’ आगामी मे १० तारिकमा सार्वजनिक हुने भएको हो ।

ल्याण्ड रोभरले तयार गरेको नयाँ ‘एमएलए फ्लेक्स आर्किटेक्चर’मा बनेको रेन्ज रोभर स्पोर्टस् मोडल पहिलेको तुलनामा २४ प्रतिशत कम आवज दिने बनाइएको छ ।

यो एसयूभीमा बीएमडब्लूको ४.४ लिटर टर्बो चार्ज्ड भी-८ इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६३२ हर्स पावर तथा ७१८ एनएम टर्क जेनेरेट गर्छ । यो कारले जम्मा ४ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्ने छ । कारको उच्चगति क्षमता भने २९० किलोमिटर प्रतिघण्टाको रहेको छ ।

नयाँ रेन्ज रोभर स्पोर्टस् मोडलमा ४८ भोल्टको माइल्ड हाइब्रिड टेक्नोलोजीसमेत पाउन सकिन्छ । हाइब्रिडको अलावा अब ल्याण्ड रोभरका कारहरु सन् २०२४ बाट प्योर इलेक्ट्रीक अप्सनमा पनि आउने छन् ।

अहिले अन्तर्राष्ट्रिय बजारमा ल्याण्ड रोभरको डिस्कभर, इभोक, भेलार, डिफेन्डर र रेन्ज रोभर मोडलका एसयूभीहरु विक्री भइरहेका छन् ।


Back_to_top