रोयल इनफिल्ड हन्टर ‘राइड एण्ड भाइव’ कार्यक्रम सम्पन्न

काठमाडौं । रोयल इनफिल्ड हन्टर कार्निभल ‘राइड एण्ड भाइव’ कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले फागुन १२ गते हन्टर कार्निभल आयोजना गरेको थियो ।

रोयल इनफिल्ड मोटरसाइकलको नेपालको लागी आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले संखमुलमा रहेको इजी वे ट्रायल सेन्टरमा विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको थियो ।

यस कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स्ल गायतका कार्यक्रमहरु भएको थियो ।

उक्त कार्यक्रममा १हजार २०० भन्दा धेरैले सहभागिता जनाएको कम्पनीले जनाएको छ । रोयल इन्फिल्ड ‘हन्टर राइड एण्ड भाइव’ स्लो रेस कम्पिटिसनका बिजयी प्रथम स्थानमा सन्जय बुदाथोकी, दोस्रो स्थानमा राम भण्डारी र तेस्रो स्थानमा आर्जित श्रेष्ठ भएका थिए भने उनीहरुले मेडल, शर्टिफिकेट, रोयल इन्फिल्डको राइडिङ्ग ज्याकेट, हेल्मेट लगायतका सामानहरु प्राप्त गरेका थिए ।

उक्त कार्यक्रममा मोटरसाइकल एक्सचेन्ज, मोटरसाइकल फाइनान्स, राइडिङ गियर्स लगायत विभिन्न एसेसरिजहरु समेत उपलब्ध गराएको थियो ।


Back_to_top