तयार भयो नयाँ अल्टो, पुरानो भन्दा के फरक ?

भारतको सबैभन्दा ठूलो कार उत्पादन कम्पनी मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार अल्टो-८०० को फेसलिफ्ट भर्सन हालै सार्वजनिक गरेको हो । नयाँ अल्टो ८०० को मूल्य केही वृद्धि गरिएको र उक्त कार डिलरहरुमा पुगि सकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

नयाँ अल्टो-८०० को विशेषताहरु समेत बाहिर आएको भएपनि त्यसलाई कम्पनीले औपचारिक घोषणा भने केही दिन पछि गर्ने अनुमान गरिएको छ । 

नयाँ र पुरानो अल्टो-८०० मा के छन् त तात्वीक भिन्नता ? यहाँ यी दुई मोडलबीचको भिन्नता प्रस्तुत गरिएको छ । 

२०१९ अल्टो-८०० फेसलिफ्ट भर्सेस पुरानो अल्टो-८०० को डिजाइन

समग्रमा आकारका हिसाबले दुवै कारले भिन्न पहिचान बोकेका छन् । २०१९ भर्सनको अल्टो-८०० मा पुरानोको तुलनामा केही भिन्नता पक्कै छ । नयाँ अल्टोको ग्रिल केही ठूलो र दुवै हेडल्याम्प कनेक्ट भएकाले पुरानो भन्दा भिन्न छ । नयाँ अल्टोको बम्पर पनि केही फ्रेस देखिएको छ । कारको साइड र रेयर डिजाइनमा खासै ठूलो परिमार्जन गरिएको छैन । 

इन्टेरियर

२०१९ अल्टो-८०० को इन्टेरियरमा ठूलो परिमार्जन गरिएको छ । नयाँ अल्टोमा डूअल–टोन कलर ड्यासबोर्ड राखिएको छ । स्टेरिङ ह्वील भने के-१० को जस्तै रहेको छ । नयाँ अल्टो एयरब्यागसहित आएको छ, जुन नयाँ मापदन्डकै रुपमा रहेको छ । ड्यासबोर्डको बीच भागमा इनफोटेनमेन्ट सिस्टम राखिएको छ जसले एफएम, ब्लूटुथ, युएसबी र अक्स–इन सपोर्ट गर्छ । 

सुरक्षा 

नयाँ अल्टो-८०० मा अप्रिल १, २०१९ देखि लागुभइसकेको नयाँ सेफ्टी नियम अनुसारका सरक्षा विशेषताहरु रहेका छन् । जुन पुरानोमा थिएनन् । नयाँ अल्टो-८०० मा ड्राइभर साइड एसरब्याग, रेयर पार्किङ सेन्सर, इबीडीसहितको एबीएस, स्पीड वार्निङलगायतका विशेषता रहेका छन् ।   

इन्जिन

मारुती सुजुकीले २०१९ अल्टो-८०० को इन्जिनमा भने कुनै परिमार्जन गरेको छैन । नयाँ अल्टोले पनि पुरानोले जति नै पावर र टर्क जेनेरेट गर्छ । अल्टो-८०० मा ७९६ सीसी तीन सिलिन्डर पेट्रोल इन्जिन, ६ हजार आरपीएममा ४८ बीएचपी र ३ हजार ९ सय आरपीएममा ६९ एनएम टर्क दिन्छ । 

अल्टो-८०० मा ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । अल्टो के-१० भने अटोमेटिक ट्रान्समिसनमा पनि उपलब्ध रहेको छ । २०१९ अल्टो-८०० मा यही इन्जिन अप्सन उपलब्ध रहेको कम्पनीको भनाई छ । 


Back_to_top