काठमाडौं । यातायात क्षेत्रमा सर्वोच्च अदालतले दिएका आदेशहरू कार्यान्वयन सम्बन्धी जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ ।
आयोगको टोलीले अध्ययन, अनुसन्धान गरी तयार पारेको प्रतिवेदन सोमबार गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको हो ।
समितिले प्रतिवेदनमा यातायात क्षेत्रमा सर्वोच्च अदालतले दिएका आदेशहरू कार्यान्वयनको अवस्था, विद्यमान समस्याहरू र आवश्यक सुधारका लागि सुझावसहितको प्रतिवेदन बुझाएको हो ।
समितिले सार्वजनिक सवारी साधन संचालनका न्यूनतम मापदण्ड, यातायात क्षेत्रमा देखिएका सिण्डकेट, प्राविधिक गुणस्तर, प्रदूषणको अवस्था, यातायातको संचालन तथा व्यवस्थापनमा संलग्न निकायहरूको पारदर्शीता, सवारी दुर्घटना, क्षतिपूर्ति लगायत विषयमा अध्ययन गरी सुधारका सुझाव दिएको छ ।
त्यस्तै, समितिले यातायात क्षेत्रमा देखिएका समस्या, चुनौती र त्यसको समाधानको उपाय र कार्यान्वयनका लागि स्पष्ट कार्ययोजना समेत प्रस्तुत गरेको छ ।
२०८२ गत मंसिर २२ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार यो जाँचबुझ आयोग गठन गरिएको थियो । आयोगमा दीपक सुवेदीलाई अध्यक्ष, योगेन्द्र नाथ कर्माचार्य र शरद अधिकारी सदस्य रहेका छन् ।

